हुम्ला–हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटको ३ दिनदेखि सञ्चार बिहिन भएपछि सेवाग्राहीलाई समस्या भएको छ ।
सदरमुकाम सिमकोटको किर्ने खर्केमा रहेको रेडियो लिङ्गको टावरमा हिमपातका कारण सोलार भासिएपछि जिल्ला सदरमुकाम सिमकोट आसपासका सेवाग्राही मर्कोमा परेका छन ।
शनिबार बिहान ८ बजेदेखि सदरमुकाम सिमकोट टेलिफोन, इन्टरनेट सेवाबाट सेवाग्राही बञ्चित भएका हुन ।
नेपाल टेलिकम हुम्लाको टावर गुणस्तरीय नभएपछि जिल्ला सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैहसरकारी संस्था, सञ्चारकर्मीलाई समेत समस्या भएको छ ।
सदरमुकाम सिमकोटको किर्ने खर्केमा रहेको रेडियो लिङ्गको टावरमा समस्या छ । हिमपातले सोलार भासिएर टावरमा समस्या भएको नेपाल टेलिकम हुम्लाका निमित्त कार्यालय प्रमुख राम बहादुर बोहोराले जनाकारी दिएका छन ।
प्राविधिक आउने बित्तिकै ४देखि ५ दिन भित्र टावरको मर्मत गरिने निमित्त प्रमुख बोहोराले बताए । रेडियो लिङ्गको टावरमा पावर पुगेको छैन, लिङ्ग कार्डमा समस्या भएकोले प्राविधिक मात्रै आएपछि मर्मत हुने बोहोराको भनाई छ ।
"
मिगुर लामा । १८ चैत्र २०७५, सोमबार १२:०८