२ दिनदेखि हुम्ला सञ्चार बिहिन

हुम्ला–हिमाली जिल्ला हुम्लामा रेडियो लिङ्गको बिबियु कार्डमा समस्या भएपछि सदरुमकाम सिमकोट आसपासका क्षेत्र २ दिनदेखि सञ्चार बिहिन बनेको छ ।
शनिबार बिहान ८ बजेदेखि रेडियो लिङ्गमा समस्या आएपछि हुम्ला सददरमुकाम सिमकोट सञ्चार बिहिन बनेको हो ।
सदरमुकाम सिमकोट नजिकैको डाडाँमा रहेको छोपाखोरमा रहेको रेडियो लिङ्गको टावरमा समस्या आएको नेपाल टेलिकम हुम्लाले जनाएको छ ।
रेडियो लिङ्गको टावरमा रहेको बिबियु कार्ड जलेपछि समस्या आएको र नेपालगञ्जबाट बिबियु कार्ड सदरमुकाम सिमकोट पुगिसकेको र मर्मतमा प्राविधिक खटिसकेको नेपाल टेलिकम हुम्ला शाखाले जनाएको छ ।
टेलिफोन र इन्टरनेट अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा गैहसरकरी कार्यालय,सञ्चारकर्मीलाई समेत समस्या भएको छ । भरपदो सञ्चार नहुदा हुम्लामा बेलाबेला सेवाग्राहीहरुले समस्या भोग्न बाध्य छन ।