आर्थिक पारदर्शिताको लागि सामाजिक लेखा परिक्षण

हुम्ला– समुदाय प्रति उत्तरदायी पारदर्शी तुल्याउदै हुम्लामा सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । गुर्ड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली एकिकृत तथा ग्रामिण विकास केन्द्र (किर्डाक) नेपाल हुम्ला, स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्ला र हिमाली समाज विकास तथा अनुसन्धान केन्द्र हुम्लाको संयुक्त आयोजनामा लेखा परिक्षण भएको हो । सामाजिक लेखा परिक्षण संस्थाको सरोकारवाला तथा लाभाविन्त प्रति २०१८ मा संचालित कार्यक्रमको सामाजिक लेखा परिक्षण आज सदरमुकाम सिमकोटमा सम्पन्न भएको छ ।

कार्यक्रमा कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले सिमकोट गाउँपालिका अन्तरगत २०१८ मा शिक्षा क्षेत्रमा २९ लाख १९ हजार ६ सय ५० रुपैया शिक्षा क्षेत्रमा लागनि गरेको किर्डाक नेपाल हुम्लाका शिक्षा अधिकृत बलिराम चौधरीले जानकारी दिएका छन ।
यस्तै गरी स्नोल्याण्ड गा्रमिण विकास केन्द्रले आर्यआर्जन क्षेत्रमा २१ लाख ६६ हजार ५ सय ९० रुपैया बराबरी खर्च भएको स्नोल्याण्ड ग्रामिण विकास केन्द्रका प्रतिनीधि रविन्द्र रावतले प्रस्तुत गरेका थिए ।
हिमाली समाज विकास तथा अनुसन्धान केन्द्र हुम्ला सहल्लाकार छवाङ्ग लामालाई परामर्श,बाल अधिकार तथा बालमैत्री सुशासन सम्बन्धि तालिम लगायतका विषयमा ६ लाख७ हजार ९ सय ६ रुपैया बराबरको लगानि समेत भएको बताए । परियोजना व्यवस्थापन समितिका अध्यक्ष गोर रावतको अध्यक्षता गुर्ड नर्वस इन्टर नेशनल नेपाल हुम्ला जिल्लाका संयोजक बिरेन्द्र चौधरीको प्रमुख आतिथ्यता तथा सिमकोट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तार बहादुर लामा, वडा नम्बर ३ का वडाध्यक्ष ताक्लाजिक्मेत लामा, वडा ४ अध्यक्ष छविचन्द लामा, स्नोल्याण्ड गाम्रिण विकास केन्द्र हुम्लाका कार्यकारी निर्देशक गोविन्द्र शाही किर्डाक नेपाल हुम्लाका शिक्षा अधिकृत बलिराम चौधरी लगायतको उपस्थिती रहेको थियो ।