जबरजस्ती यौन दुव्र्यवहार गरेको आरोप एक युवक प्रक्राउ

हुम्ला– जवरजस्ती यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक प्रक्राउ परेका छन । यौनदुव्र्यवहार गरेको आरोपमा सर्केगार्ड गाउँपालिका १ का २७ वर्षिय सुवास रावत प्रक्राउ परेका हुन । युवतीले उजुरी दिएपछि काठमाडौ परिसरले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय हुम्लामा पठाएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्ति मगरले जानकारी दिएका छन । प्रक्राउ रावतको अनुसन्धान कार्य भएको र कागजात सबै पुरा भएमा मुद्धा दर्ता हुने प्रहरी उपरिक्षक घर्ति मगरले बताए ।