राष्ट्रपति कार्यक्रमको हेलिकप्टरले सुत्केरीको उद्धार, पशुपति शर्माले यो तस्विर किन नदेख्ने ?

काठमाडौ । हावाको भरमा राष्ट्रपतिका लागि डेढ अर्बको हेलिकप्टर किनियो भनेर हल्ला चलाईयो । ता कि दुर्गम हरेक बस्तिमा उत्कृष्ट स्वास्थ्य संस्था नभएकाले बच्चा जन्माउने केही क्षणमा नै उपचार नपाउँदा ज्यान जानसक्ने महिलाको उद्धारका लागि सरकारले हेलिकप्टर किन्यो । उक्त कार्यलाई राष्ट्रपति महिला उद्धार कार्यक्रम नाम समेत दिइयो ।

यही कार्यक्रम अन्र्तगत हेलिकप्टर खरिद गर्ने प्रक्रिया अघि बढ्दै गर्दा यसको बिरोधमा खुबै राष्ट्रपति प्रति प्रतिपक्षले खन्याएयो । कुरा नबुझाई राष्ट्रपतिलाई लान्छना लगाईयो । त्यही विषयलाई टिपेर चर्चित गायक पशुपति शर्माले समेत डेढ अर्बको हेलिकप्टर चढ्छिन राष्ट्रपति भन्दै गीत गाउँन थाले । उनी जत्तिको बुझेका जनताको हालत त यस्तो छ भने बाँकी दुर्गममा बसेकाको के हालत हो । तर यो कुरा र यहाँ पोष्ट गरिएको तस्विर पशुपति शर्माहरुले देख्न र बुझ्न जरुरी छ ।

अहिले सोही कार्यक्रमले हरेक दिन सुत्केरी आमा र बच्चाले पुर्न जीवन पाईरहेका छन् । हिँजो सोलुखुम्बुबाट उद्धार गरियो । आज डोल्पा काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सुत्केरी हुँन नसकेपछि हेलिकप्टरबाट उद्धार गरियो ।

उनलाई कोहलपुर मेडिकल कलेजमा ल्याएर उपचार गरियो । आमा र शिशुको ज्यान बच्यो । राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरिएको छ । तस्वीर हेमन्त केसी ,जाजरकोट,रासस । यो तस्विर राम्रै भएपनि बिरोधका लागि बिरोध गरिहाल्ने प्रतिपक्ष कांग्रेस र एकपक्षीमात्र देख्ने पशुपति शर्माहरु जस्ताले देख्नेगरी सक्दो सेयर गरौँ ।

हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो । बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि बाँकेको कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्ला दिनरुमा सरकारले नेपालको दुर्गम भेगमा भएका नेपाली महिलाहरुको हेलिकोप्टरमार्फत उद्धार गर्न थालेपछि स्थानीय जनतामा खुःशी छाएको छ । सरकारले सिघ्र रुपमा गर्ने उघारले गर्दा दुर्गममा सुत्केरी भएका बेला ज्यान गुमाउने महिलाहरुमो संख्यामा कमि आएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार आफ्नैं जिल्लामा वा गाउँमा सुविधासम्पन्न अस्पताल भएको भए उपचारको लागी सास्ती हुने थिएन ।.janaboli.com