दुर्लभ चैतलो पर्व हुम्लामा सुरु

मिगुर लामा  हुम्ला : क्षेत्री जातीको बस्ती रहेका यहाँका २ गाउँका महिलाले चैतलो पर्व मनाएका छन । हरेक वर्षको फागुन १२ गतेदेखि सदरमुकाम सिमकोट र सिमकोट गाउँपालिका ३ ठेहेमा यो मनाउने परम्परा छ ।

क्षेत्री जातीको बस्ती रहेको यहाँका २ गाउँका महिलाले चैतलो पर्व मनाएका छन । पर्वमा विशेष सिगारिकएकी महिलाहरुले आफना श्रीमानको दिघार्यु र घरका सबैको सुस्वास्थ्यको कामना गदै दुई भागमा बाँडिएर गीत गाउँदै नाच्ने प्रचलन छ ।

नाच्ने महिलाले परम्परगात पहिरन तथा गहनामा शृगारपटार गर्नुका साथै पहेलो कपडा ओढेर गाउँकै मुल्य स्थानमा भेला भई गाउँने र नाच्ने गर्दछन ।

बसन्त क्रृतुलाई स्वागत गरेको भन्दै मगालगानबाट सुरु हुने यो नाच दोहोरीका रुपमा चल्छ । यसमा गाइने गीत पौरणिक कथामा आधारित हुने स्थानीय बासिन्दाहरुले बताँउछन ।

ठेहे गाउँमा प्रत्येक वर्षको फागुन १२ गते राक्षसले एक महिलालाई लागेपछि गाउँका बासिन्दाले राक्षसलाई फकाउन रंगीचगी कपडा लगाएकी महिलाको मेला सुरु हुने किवंदन्ती छ ।