हुम्लामा पुन हिमपात हवाई सेवा अवरुद्ध

मिगुर लामा हुम्ला–हिमाली जिल्ला हुम्लामा पुन हिमपता भएको छ । पशिचमी वायुको प्रभावले हुम्ला जिल्लाका अधिकाश क्षेत्रमा वर्षासँगै भएको हिमपातले जिल्लाको जनजिवन निकै कष्ठकर बनेको छ । बुधबार दिउसो ३ बजेदेखि निरन्तर हिमपात भएपछि जिल्लाको अधिकाश क्षेत्रमा अत्याधिक चिसो बढेको छ ।

सदरमुकाम सिमकोट लगायतका जिल्लाको उत्तरी नाम्खा गाउँपालिका स्थानीयहरुलाई घरबाहिर निस्कन समेत समस्या भएको छ । दक्षिण क्षेत्रमा वर्षाले कामकाज समेत प्रभावित भएको छ । हिमपातले जिल्लाको जनजिवन प्रभावित बनाएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगनाले जानकारी दिएका छन । जिल्लाका विभिन्न क्षेत्रमा भएका प्रहरीचौकीबाट प्राप्त खबर अनुसार अहिलेसम्म कुनै अप्रिय घटना समेत नभएको प्रमुख जिल्ला अधिकारी ढुङगनाले बताए ।
  नाम्खाबासीलाई समस्या
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी,मुचु,याङगार,केर्मी,याल्वाङ्ग तिल,हल्जी,जाँङ्ग चाला लगायतका क्षेत्रमा बुधबार देखिनै स्थानीय घरबाट बाहिर निस्कन समस्या भएको छ । जाडो बढेपछि मुचुमा खानेपानीका लागि घरआगनमा जमेको हिउँ पगालेर खाना पकाउने गरेका छन । स्थानीय थेक्चोक लामाका अनुसार हिमपातले अत्याधिक हावाहुरी समेत चलेको उनले बताए । हिँउले हिमाल पुरै सेताम्य भएका लामाले बताए । हिमपातले घर बाहिर निस्कन समस्या भएपछि घरमै घाँस, पानी राखिएको उनको भनाई छ ।
हवाई सेवा ठप्प
बुधबारदेखि परेको हिमपातले हुम्लाको एकमात्र यातायातको माध्यम हवाई सेवा समेत ठप्प भएको छ । जिल्ला बाहिर जाने यातायातको एक मात्रै साधान हवाई जहाज उडान नभएपछि सिमकोट विमानस्थलमा जहाज समेत चलेका छैनन । जिल्ला बाहिर आवत जावत गर्न यात्रुलाई समस्या भएको छ । एकसाता अघि परेको हिमपात जिल्लाका सुरक्षाकर्मी, जनप्रतिनीधी, स्थानीय व्यापारीहरुले विमानस्थलको हिउँ पन्छाएका थिए ,। पुन बुधबार हिमपात भएपछि हुम्ला जिल्लाका अधिकाश स्थानहरु सेताम्य बनेका छन ।