मिगुर लामा हुम्ला– हिमाली जिल्ला हुम्लामा पुन हिमपात सुरु भएको छ । ८ दिन पछिको ठुलो हिमपात सँगै बुधबार ३ बजेबाट हिमपात सुरु भएको हो ।
माघ महिना भरी निरन्तर हिमपात हुदा यहाँको दैनिकी समस्या भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतदेखि हुने हवाई सेवा समेत पुन अवरुद्ध बनेका छन ।
चिसोले सदरमुकाम सिमकोटका होटेल पसल व्यवसायदेखि सरकारी तथा गैहसरकारी कार्यालयमा सेवाग्राहीको न्युन उपस्थित रहने गरेको पाइएको छ । हिमपातसँगै उत्तरी नाम्खा गाउँपालिका स्थानीयहरुलाई घर भन्दा बाहिर निस्कन समेत समस्या भएको छ ।
लामो समय हिमपात भएपछि उत्तरी नाम्खा गाउँपालिका अधिकाश बस्तीहरु गाईवस्तुलाई घाँसको जोहो गर्न समस्या भएको छ ।
यारी, लिमी जाँङ,तिल, हल्जी,मुचु,याल्वाङ, याङगार,चाला,केर्मी, खगालगाउँ, लगायतका बस्तीहरु सदरमुकाम सिमकोटबाट सम्पर्क विहिन बनेका छन ।
कर्णाली रैवार संवाददाता । २४ माघ २०७५, बिहीबार ०८:००