सोमबार देखि हुम्लामा बाक्लो हिमपात भएको छ। हिउँले हुम्लाका उतरी गाउँपालिकाहरूका बस्ती सेताम्मे भएका छन्। हिउँ परेपछि सदरमुकाम सिमकोट रहेका पर्यटक पनि हिउँ खेलेर रमाइरहेका छन्। हुम्लाका उच्च हिमशृंखलाहरुका दृश्यावलोकनका लागि हुम्लामा पर्यटक आउने मौसम फागुनबाट सुरु हुने भएकोले यस वर्षकै ठूलो हिमपात भएको छ। अहिले सदरमुकाम सिमकोट क्षेत्रमा आन्तरिक पर्यटक र स्थानीय बासिन्दा हिउँमा खेलेर रमाउन थालेका छन्।
उक्त तस्विर : Shrestha Rawis काे फेसबुक www.facebook.com/Ravvis बाट लिइएकाे हाे ।
कर्णाली रैवार संवाददाता । ११ माघ २०७५, शुक्रबार २२:५५