गगन अयडी बाजुरा, ९ माघ जिल्लाको बडिमालिका नगरपालिका ७ चुथीको जङ्गलमा चराउन लगि रहेका भेडामा चट्याङ लागदा ५२ मरेका छन । भेडा बूढीनन्दा नगरपालिका ४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । चुथीको जङ्गलमा एकै साथ चरिरहेका १सय २३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमा नै मरेको प्रमुख भाटले बताए । चट्याङ मङ्गलबार साँझपख परेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण एकीन गर्न नसक्यकोले अाज मात्र घटनाको एकीन भएको बताए भेडा व्यवसायीक राजेन्द्र रोकायाले । रोकायाले भने भेडा पालन व्यवसाय अाफनो र धममीको साझेदारी रहेको रोकायाले बताए । चट्याङका कारण करीब पाँच लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यलयको प्रतिवेदनमा उल्लेख गरिएको छ । लेकाली भेगमा चिसो हुने भएपछि उनीहरुले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए । ब्याउने सहितका भेडा भएकाले ठूलो मात्रामा नोक्सानी भएको उनीहरुको भनाइ छ । त्यस्तै चट्याङकै कारण रेडियो बार्जुको स्टेशनमा पनि ठूलो क्षति भएको छ । रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुई थान कम्प्युटरसहितका मेशिनरी सामानमा क्षति भएको सञ्चालक समिति अध्यक्ष माया शाहले बताउनुभयो । ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण सेवा पनि बन्द भएको छ । चट्याङकै कारण त्रिवेणी नगरपालिकामा पनि एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
कर्णाली रैवार संवाददाता । ९ माघ २०७५, बुधबार २१:३७