असोज २६, सिमकोट । जनता बैंक नेपाल लिमिटेडले हुम्लामा एकै पटक तीन शाखा बिस्तार गरेको छ ।
जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालीकाका केन्द्रमा एकै पटक तीन शाखा विस्तार गरेको हो । सुक्रबार (आज) बाट तीनै शाखाबाट सम्पुर्ण बैंकिङ्ग कारोवार शुरु भएको छ ।
हरेक स्थानीय तहमा बैंकिङ्ग सेवा सञ्चालन गर्ने नेपाल सरकारको लक्ष्य अनुसार जनता बैंकले जिल्लाका तीन गाउँपालिकामा नयाँ शाखा बिस्तार गरेको हो । पहिलो दिन सबै शाखामा उत्साहजनक कारोवार भएको अदानचुली शाखा प्रमुख हरिचन्द्र रेग्मीले बताए ।
जनता बैंकले बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थानीय निकायमा आएकाले सबैलाई बैंकी सेवा लिन शाखा प्रमुख रेग्मीले आग्रह गरेका छन् । ग्रामिण भेगका वासिन्दालाई सेवा दिने उदेश्यले खोलिएका बैंकले स्थानीय निकायमा हुने आर्थिक कारोवारलाई लक्षित गरेका छन् ।
गाउँमैं बैंक आएपछि स्थानीयलाई आर्थिक कारोवार गर्न ३।४ दिनको पैदल जिल्ला सदरमुकाम सिमकोट धाउनु पर्ने समस्या टरेको अदानचुलीका स्थानीय व्यापारी बर्ष रोकायाले बताए । यस अघि तीन दिनको पैदल हिडेर स्थानीयवासिन्दा जिल्ला सदरमुकाम सिमकोट पुगि आर्थिक कारोवार गर्ने गरेका थिए ।
सात गाउँपालीका रहेको हुम्लामा जिल्ला सदरमुकाम सिमकोट बाहेकका स्थानीय निकायमा जनाता बैंकले तीन, सिटिजन्स् बैंकले दुई, प्रभु बैकले एक शाखा बिस्तार गरेका छन् ।
कर्णाली रैवार संवाददाता । १५ कार्तिक २०७५, बिहीबार २०:५८