हिमाली जिल्ला हुम्लामा सात वर्षपछि भारी हिमपात भएको छ । सोमबार राति ३ बजेदेखि परेको हिमपातसँगै दक्षिणी क्षेत्रमा वर्षासमेत भएको छ ।
जिल्लाको सिमकोट चंखेली, सर्केगार्ड, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकालगायतका स्थानहरुमा भारी हिमपात भएको छ भने अदानचुली गाउँपालिका र ताजाकोट गाउँपालिकामा वर्षा भएको छ ।
हिमपातले उत्तरी नाम्खा गाउँपालिकाका अधिकांश बस्तीहरु सम्पर्क विहिन भएपछि जनजीवन कष्टकर भएको छ ।
सात वर्षपछि परेको भारी हिमपात सँगै स्थानीय स्कीमा रमाएका छन् । सदरमुकाम सिमकोटमा पहिलो पटक हिउँमा स्की सुरु गरिएको हो । हुम्ला साँस्कृतिक तथा पर्यटन प्रर्वद्धन युवा सञ्जाल तथा स्कि स्नोबोडिङ्ग फाउण्डेशन नेपालको सहयोगमा पर्यटक प्रर्वद्धनको लागि स्की सुरु गरिएको युवा सञ्जालका अध्यक्ष अविनाश लामाले बताए ।
स्की चिप्लेटीको लागि चार सेट सामान लगेर जर्मनी नागरिक जुलिएस सैडेनडेरले प्रशिक्षण दिएका छन् । स्की चिप्लेटीको लागि ५ जना युवा सक्रिय रुपमा लागि परेका छन् ।
Naya patrika
नरजन तामाङ । ९ माघ २०७५, बुधबार २१:०४