आज पनि हिमपात हवाई सेवा ठप्प जनजिवन प्रभावित हुम्लामा ६ वर्षपछि भारी हिमपात

हुम्ला– हिमाली जिल्ला हुम्लामा ६ वर्षपछिको अन्तरालमा भारी हिमपात भएको छ । सोमबार राती ३ बजेबाट हिमपात भएको थियो । आज मंगलबार पनि हिमपातका कारण हवाई सेवा बन्द हुनुका साथै जिल्ला सदरमुकाम सिमकोटमा जनजिवन प्रभावित बनेको छ ।

हिमपातले हिमाल सेताम्य भएका छन । ०६९ साल पछिको अत्याधिक ठुलो हिमपात रहेको स्थानीय पूर्ण बहादुर रोकायाले बताए । यो हिमपातले कृषकहरुलाई फाइदा पुग्ने रोकायाले बताए । हिमपातसँगै जिल्लाको जनजिवन पनि प्रभावित देखिएको छ ।

आज १२ बजेबाट हिमपात भएको छ । हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा घर भन्दा बाहिर निस्कन समस्या भएको छ ।
लामो समय हिमपात हुदा हुम्लामा हिँउमा फोटो खिच्दै रमाउने गरेका छन ।

चिसोले सदरमुकाम सिमकोटका होटेल व्यवसाय पनि फाटफुट खुलेको देखिन्छ ।
हिमपातले हुम्लामा कुनै क्षेति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख नायब उपरिक्षक रविन श्रेष्ठले जानकारी दिएका छन ।
उत्तरी नाम्खा गाउँपालिकामा आज पनि हिमपात भईरहेको उनले बताए ।
 हिमपातले कृषक खुुसी
लामो समयपछि हिमपात भएपछि जिल्लाका स्थानीय कृषकहरुको मुहार खुसी देखिएको छ । मंसिर महिनामा रोपेको जेठाली बाली यो वर्ष हिमपात नभएपछि निराशा देखिएपनि यो पटकको हिमपातले कृषकहरुलाई फाइदा हुने स्थानीयहरुको छ । जेठासी बाली राम्रो हुने आशा पलाएको चंखेली गाउँपालिका ४ का धर्म रोकायाले खुसी व्यक्त गरे ।
         

         हिँउदमा खाने ३ महिनमै खाद्यन्न जोहो
उत्तरी नाम्खा गाउँपालिका अधिकाश बस्तीहरु हिउँदको समयमा खाने खाद्यन्न र दाउरा र गाईबस्तुलाई घाँस ३ महिना पहिलै जोहो गर्ने गरेका छन । नाम्खा गाउँपालिका यारी, लिमी जाँङ,तिल, हल्जी,मुचु,याल्वाङ, याङगार,चाला,केर्मी, खगालगाउँ, लगायतका गाउँहरुमा हिँउदमा समस्या हुने भएकोले पहिलै जोहो गर्न गरेको नाम्खा गाउँपालिकाको अध्यक्ष विष्णु लामाले बताए । सुरुका वर्षहरुमा हिँउदको समयमा हिउँ अत्याधिक पर्ने हुन्थ्यो घट्ट टाढा, र घाँस दाउरा टाढा हुने भएकोले ३ महिना पहिल्यै जोहो गर्न बाध्य भएको अध्यक्ष लामाको भनाई छ ।