हुम्लाको एक घरमा आगलागी हुंदा पुर्ण क्षती !

हुम्ला,२६ मंसिर । हुम्लमा एक घरमा आगलागी भएको छ । सिमकोट गाउपालिका वडा नम्बर ५ स्थित तल्लो गाउँ  निवासी वसन्त रोकयाको घरमा मंगलबार बिहान आगलागी भएको हो ।

खाना पकाउन प्रयोग गरिने धुवा रहित फलामे चुलोको पाइपबाट आगलागी सुरु भइ रोकयाको ३ तले घरको माथिल्लो तला पुर्ण रुपमा नष्ट भएको छ । बिहानबाट सुरु भएको अगलागि यो समाचार तयार पार्दा सम्म पनि निरन्तर रहेकाले नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, बाल मन्दिर माबिका बिद्यार्थी र स्थानियको पहलमा निभाउने प्रयास भैरहेको छ ।

आगलागी निरन्तर भइरहदा निभाउने प्रयास भइरहेकाले क्षतीको बिबरण आउन बांकि  रहेको छ ।