हुम्ला,२० कार्तिक । हुम्लाको सिमिकोट गाउँपालिकाले भुकम्प पिडितलाई सहयोग गर्ने भएको छ ।
१७ कार्तिकमा जाजारकोट र रुकुममा क्षती पुर्याएको भुकम्प पिडितलाई राहत स्वरुप रु २ लाख सहयोग गर्ने निर्णय गरेको सिमिकोट गाउँपालिकाले जनाएको छ ।
कार्तिक १७ गते गएको भुकम्पका कारण १ सय ५७ जनाले ज्यान गुमाएका छन ।
कर्णाली रैवार संवाददाता । २० कार्तिक २०८०, सोमबार १७:३९