जुम्ला, १५ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टर बीच मंगलबार सम्झौता भएको छ ।
मलेसियामा एक कार्यक्रमका बीच सम्झौता भएको हो । प्रतिष्ठान र मलेसियाका जनशक्ति एक आपसमा सहकार्यको सुरुवात गर्ने गरी मलेसियाको सबै भन्दा ठुलो आधुनिक अस्पताल सनवे मेडिकल सेन्टर बीच एक कार्यक्रमका बीच सम्झौता भएको उपकुलपती डा. मंगल रावलले बताए ।
प्रतिष्ठानको तर्फबाट उपकुलपति डा. मंगल रावल र सनवे मेडिकल हेल्थ केयर समुहको तर्फबाट प्रेसिडेन्ट डा. लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलको पनि उपस्थिति रहेको थियो।
कर्णाली रैवार संवाददाता । १५ कार्तिक २०८०, बुधबार ०७:५३