हुम्ला,१३ साउन । हुम्लाको सर्केगाड गाउंपलिका मा बाढिले बितण्डा मच्चायको छ ।
शुक्रबार राती देखि परेको अबिराल बर्षाका कारण सर्केगाड गाउंपालिका वडा नम्बर २ रिप मा डोलकोल गरेको हो । गाउँ को दुबै पट्टिको खोलामा बाढि आयपछी भर्खरै रोपेका खेत, पुल लगाएत बगायर लगेको छ ।
स्थानिय शिक्षक नबराज फडेराका अनुसार रिप गांउमा २०५२ साल तिर ठूलो बाढी आएको थियो त्यस्तै बाढी अहिले आइरहेको छ ।
खानेपानी ट्यांकी बगाएर खान पनि खान नसक्ने अवस्था छ, जलबिधुत को नहर बगायर बत्ति नहुदा सम्पर्क हुन सकेको छैन ज्यान जोखिम भयो फडेराले भने ।
रिप मा करिब ३०० घरधुरी रहेको गाउँ छ । तर बर्सेनि बर्खा समयमा बाढिको बितण्डा हुने जोखिम छ । सरकारले कानुनी रुपमा बस्ती बिस्तार गरिदिय ज्यान बच्थ्यो कि भन्ने आशा छ अर्का स्थानिय बिर्सिंङ फडेराले बताए ।
अनुगमन मा मन्त्री जाने भनिएपनी जान सकेनन
बाढिले बितण्डा मच्चायको खबर पाउने बित्तिकै कणाली प्रदेश कानुन मन्त्री जितेन्द्र को टोलि अनुगमनमा जान तयार भए पनि हवाइ रुटमा मौसमको खराबिका कारण उड्न सकेन।
सर्केगाड पालिका उपाध्यक्ष चन्द्र शिहं कार्की को पहलमा प्रदेश मन्त्रालयका ५ जनाको टोलि हेलिकप्टर मार्फत जान लागेको बताइए पनि रुट खराबिका कारण हेलि उड्न नसकेको कार्किले बताए । उनले भने बाढी आएर डोलकोल गरेको खबर आयो हामी जाने भनेको तर सकियन ।अब भोलि जान्छौं । अवस्था हेरेर नेपालि सेनाको अर्को हेलि मार्फत राहत लिने भन्ने सल्लाह हुँदै छ ।
सर्केगाड पालिका रिप लगायत वडा नम्बर ५,६,८ मा पनि बाढिले बितण्डा मच्चायको खबर प्राप्त भएको छ ।
पानी नभएर खान पाएका छैनन
वडा नम्बर २ को लिप्ने खोलामा बाढी आउंदा लिप्ने मा रहेको होटेल ब्यबसायी लगायतले पानि नहुंदा खान खान नपाएको बताएका छन ।
रिप का उब्जन फडेराका अनुसार लिप्ने खोलामा बाढी आउंदा खानेपानीको ट्याकि बगांउदा धारामा पानी आएको छैन । जस्का कारण खानए पानी नहुदा खान खाने स्थिती छैन ।
बिस्नु फडेरा । १३ श्रावण २०८०, शनिबार ११:०९