सदरमुकाममै भेटियो चिनिया झिनगिन्टी

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोटमै अवैध चीनिया मदिरा झिनगिन्टी फेला परेको छ । जिल्ला प्रहरी हुम्लाले गरेको बजार गस्तीका बेला दुरसञ्चार मार्गबाट अवैध मदिरा बेबारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी हरिहर खडकाले जानकारी दिएका छन । सिमकोट गाउँपालिका स्थित तिनधारा नजिक पाखो बारीमा बेवारिसे अवस्था रहेको १५ कार्टुन २ बोतल अवैध चीनिया मदिरा झिनगिन्टी रक्सी र ४२ बोतल चिनिया क्यान बियर फेला परेको सुचना अधिकारी खडकाले बताए । जिल्ला प्रहरी हुम्लाले गस्ती खटाएका प्रहरी सहायक निरिक्षक भिम बहादुर बस्नेत र प्रहरी राजेन्द्र केसीको संयुक्त गस्ती फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यसका लागि अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।