काठमाडौ,१५ जेठ । सरकारले बजेट बक्तब्यमा सरकारी कर्मचारिको तलब बढेको कतै उल्लेख गरेको देखियन ।
सोमबार संघिय बजेट भाषणमा स्रोत अभाव भन्दै निजामती कर्मचारीहरुले पाउँदै आएको सबै प्रकारका भत्ता खारेज गरेको सरकारले उनीहरुले पाउने पारिश्रमिकलाई यथावत राखेको उल्लेख गरेको जो ।
केही निकायका कर्मचारीहरुले पाउने प्रोत्साहन र अतिरिक्त समय भत्ता समेत कटौती गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा ‘उच्चस्तरीय तलब आयोगको सिफारिस क्रमशः कार्यान्वयन गर्दै लगिनेछ’ भन्नेबाहेक कर्मचारीको तलबबारे केही उल्लेख गरेनन् । उच्चस्तरीय तलब आयोगको अन्य कयौं सुझावलाई बजेट वक्तव्यमा समावेश गरेको छ ।
कर्णाली रैवार संवाददाता । १५ जेष्ठ २०८०, सोमबार २०:५५