कर्णालीको परिभाषा परिवर्तन गछौँ : मन्त्री ज्वाला

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले रोग, भोक र गरिबीले परिचित कर्णालीको परिभाषा  परिवर्तन गर्ने अभियानमा आफूहरू रहेको बताएका छन् । उनले समृद्ध कर्णाली निर्माण गर्ने परिकल्पनाअनुसार योजना बनाएर कार्यान्वयन गर्ने चरणमा प्रदेश सरकार रहेको बताए ।  गएका वर्षहरूको अनुभवन, अध्ययन र अनुसन्धानलाई आत्मसाथ गर्दै आन्तरिक, बाह्य, संघ, संस्था र वैदेशिक सहयोगबाट बजेट बटुलेर विकासको काममा तीव्रता दिने बताए । विकासमा ध्यान केन्द्रित गर्दै  कर्णालीको परिभाषा परिवर्तन गर्ने अभियानमा सरकार जुटेको मन्त्री ज्वालाले बताए ।  जुम्लामा पत्रकारहरूसँगको भेटमा मन्त्री ज्वालाले कर्णाली प्रदेशको जल, जमिन, जडीबुटी र यहाँ उत्पादित वस्तु, सम्पदालाई बहुउपयोगी बनाएर यहाँको परिस्थिति परिवर्तन गर्ने बताए ।

सडक निर्माण र सुधारलाई प्राथमिकता 
भौगोलिक विकटताका कारण कर्णालीका अधिकांश जिल्ला विकासको पहुँचबाट टाढा छन् । विकटताकै कारण कर्णालीको हुम्लामा अहिलेसम्म सडक पुगेको छैन । अन्य जिल्लामा पुगेका सडक जोखिमपूर्ण छन् । सल्यान, जाजरकोट, सुर्खेत जुम्ला, मुगु सडकखण्ड निकै जोखिमपूर्ण छ । सडक सहज नहुँदा  समृद्धि हासिल हुन नसकेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । विकासमा सबैको सहज पहुँच पु¥याउन तथा समृद्धिका लागि सडक विस्तार पहिलो प्रथामिकता भएको उनले बताए । मन्त्री ज्वालाले भने, ‘हवाई र सडक सरकारको पहिलो प्रथामिकतामा छ । जमुना, कर्णाली चिसापानी, हँुदै हिल्सा नाका जोड्ने कर्णाली करिडोर निर्माण कार्यलाई निकै महत्वका साथ लिएका छाैँ ।’  मन्त्रीले ज्वालाले कर्णाली राजमार्गको स्तरोन्नतिसँगै सुर्खेत–दैलेख र चीनको उत्तर–दक्षिण जोड्ने मुगु गमगडी–नाक्चेलाग्ना सडक निर्माण, सुर्खेतबाट दैलेख हुँदै महाबुलेकबाट छोटो दूरीको सडक, नाग्म–गमगडी सडकको स्तरोन्नतिलगायत अन्य जिल्लाको सडक निर्माण तथा सुधारमा प्रदेश सरकार लागिपरेको उल्लेख गरे ।
जुम्लालाई मेडिकल हब बनाउँछौँ
कर्णाली प्रदेशको जुम्लालाई मेडिकल हबका रूपमा विकास गर्ने मन्त्री ज्वालाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुर्खेतमा सार्न लागिएको भन्दै गरिएको हल्ला निराधार भएको बताउदै उनले भने, ‘यो प्रतिष्ठान कर्णालीकै गौरवको संरचना बन्छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतलाई जोड्छौँ, स्वास्थ्य शिक्षाको अध्ययन जुम्लामा गराउँछौँ, अभ्यास प्रदेश अस्पतालमा गर्ने गरी तयारी गर्छौँ ।’
 गौरवका आयोजनाबारे छलफल
यहाँ आउने अनुदान वृद्धि गर्न र कर्णालीमा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न संघीय सरकारसँग छलफल भइरहेको मन्त्री ज्वालाले बताए । उनका अनुसार कर्णालीमा अहिलेसम्म एउटा पनि राष्ट्रिय गौरवको आयोजना छैन ।

हरेक स्थानीय  तहमा हेलिप्याड  
कर्णाली प्रदेशका हरेक स्थानीय तहमा हेलिप्याड निर्माण गरिने मन्त्री ज्वालाले बताए । उनले भने, ‘मन्त्रीहरूलाई सयर गर्न होइन, ठूला र आपत्कालीन घटनामा तत्काल उद्धार गर्न हेलिप्याडको आवश्यकता परेको हो ।’ आपत्कालीन घटनाहरूमा तत्काल उद्धार र राहतका सामग्री पु¥याउन हेलिप्याड आवश्यक हुने उनले बताए । उनले यो आवश्यकता कालिकोट घटनापछि झन् खड्किएको बताए ।  naya patrika bat

 

 

 

प्रतिकृया दिनुहोस