नक्सा नयाँ बन्दैछ-प्रशासकिय अधिकृत रावत

हुम्ला,२ जेठ । सर्केगाड गाउँ पालिकाको पालिका प्रोफाइलमा रहेको नक्सा नयाँ  बन्ने भएको छ ।

पालिकाका प्रशासकिय अधिकृत नर रावतका अनुसार प्रोफाइल मा रहेको नक्सा परिवर्तन गर्नको लागि भिलेज प्रोफाइल बनाउने काम भैरहेको बताए । सर्केगाड गाउँ पालिकाको नक्सामा गलत तथ्य किन राखियो भन्ने कणाली रैबार को प्रश्नमा रावतले उक्त काम आफू भन्दा अगाडिका जनप्रतिनिधी र प्रशासकिय अधिकृत भएको बेला गल्ती राखिएको प्रस्ट्याए । उनले भने ” यो काम म आउनु भन्दा अगाडि भैसकेको थियो त्यतिबेला किन गल्ती गरे त्यो थाहा भएन अब नयाँ नक्सा बन्छ र अपडेट हुन्छ ।”

रावत भन्दा अगाडिका प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर शाहिले आफ्नो कार्यकालमा नक्साको काम नभएको बताए । शाहिलाइ पनि कणाली रैबार ले प्रोफाइलमै नक्साको संंकेत किन गलत ? भन्ने प्रश्न गर्दा उहांले आफू भन्दा पछाडीका प्रशासकिय अधिकृत यज्ञ पाण्डेको पालामा गलत भएको हो कि भन्ने प्रस्ट्याए ।

जस्को पालामा भए पनि पालिकाको नक्सा जस्तो संबेदनशिल कार्यमा गल्ती गरिंनु अपराध भएको बताउने गर्छन सर्केगाड का बासिन्दाहरु । यो त सरासर आंखामा छारो हालेको हो नि कमसेकम राम्रो ज्ञान् भएको मान्छेले नक्सा कोर्न पर्ने रिपका जनक फडेराले बताए । दुई पटक नक्सांकन गर्दा पालिकाको रकम सकिने हुंदा आइन्दा संबेदनसिल भएर कार्य गर्न आग्रह गरे फडेराले ।

सर्केगाड गाउँ पालिकाको डिटेल हेर्न खोज्दा अनलाइनमा गलत नक्सा राखेको पाइएपछी सामाजिक संजालमा बिरोध हुँदै आएको छ ।