भुकम्प र आगलागी पिडितलाइ राहत बितरण

हुम्ला, २६ बैशाख  । भुकम्प र आगलागीबाट प्रभावितलाई राहत वितरण गरिएकाे छ।

नेपाल अष्ट्रिया साझेदारी संस्था हुम्लाले भुकम्प र आगलागीबाट प्रभावितलाई राहत वितरण गरेको हाे ।

टेवाको आर्थिक सहयोग र नेपाल अष्ट्रिया साझेदारी संस्थाको आयोजनामा सिमकोट गाउंपालिका र खार्पुनाथ गाउपालिकाका भुकम्प र आगलागीबाट प्रभावित भएका १० घरपरिवारलाई  राहत वितरण गरेको सोही संस्थाका प्रमुख छेपालदोर्जे लामाले बताए  ।

राहत सामाग्रीमा प्रत्यक घरपरिवारलाई  दुई बोरा चामल, एक पेटी खाने तेल, पांच केजी चिनी, पांच वटा लुगा धुने साबुन लगाएत खाद्यान्न सामागृ वितरण गरेको संस्थाका प्रमुख लामाले बताए ।

भुकम्प र आगलागी भएका घरका सिमकोट गाउपालिकाका रत्न बुढा, काली बहादुर शाही, नाम्ग्याल तामाङ्ग, कालु सिंह, छक्क सिंह, दिपक सिंह, प्रकाश सुनार, शक्ति सिंहले राहत बितरण गरेकोमा धन्यवाद ब्यक्त गरे ।