बाटोमा गृहकार्य गर्दै हुम्ली बालबालिका !

हुम्ला,४ बैशाख । रतन बहादुर रावत

नेपालको सबैभन्दा पिछडियको प्रदेश मानिन्छ कर्णाली प्रदेश। त्यसैमा कर्णालि प्रदेशको पनि पिछडिएको जिल्ला हुम्ला । हालसम्म सडक सन्जालमा पनि जोडिन नसकेको जिल्ला हो हुम्ला ।

यस जिल्लामा न त शिक्षाको अबस्था राम्रो छ ,न स्वास्थ्य, सञ्चार,बिधुत नत यातायातको राम्रो सुबिधानै । यस जिल्लामा रहेका गरिब जनताका छोराछोरिहरु राम्रो पढ्ने अबसरबाट बन्चित छन । कर्णालिका बालबालिकाहरुमा पढ्ने इच्छा हुदाहुदैपनि अबसर छैन।

बाटोमा गृहकार्य गर्दै ।

अदानचुलि गाउंपालिका २ का ७ बर्षका दिनेश बोगटि र ६ बर्षका सन्तोष कटुवाल सडकमा पढ्दै गरेको अबस्थामा भेटिय ।
उनिहरुको गुनासो छ ” गरिबिका कारण स्कुलबाट फर्किने बित्तिकै काम गर्न जानपर्ने हुंदा चांडै स्कुलबाट फर्केर गृहकार्य गर्छौं ।”
घरमा पढ्ने वातावरण नहुंदा हतारहतारमा फर्केर गृहकार्य गर्नु परेको दृश्यले सबैको मन छोएको छ ।