सिमकाेट– हुम्ला जिल्लामा विकास किन्ने प्रवृति हावी भएकाे नेकपा एमालेका केन्द्रीय सदस्य निरज आर्चायले बताएका छन।
मिसन ग्रासरूट अभियान हुम्ला पुगेकाे केन्द्रीय सदस्य आर्चायले यस्तो बताएका हुन।
प्रेेस चाैतारी नेपाल हुम्लाले फेरि भेटाैला भन्ने विषयमा आयाेजना गरेकाे कार्यक्रम सञ्चारकर्मीहरूसँग बाेल्दै केन्द्रीय सदस्य आर्चायले विकास किन्ने प्रवृतिकाे हावी भएकाेले राजनीति दल, स्थानीय प्रशासन ,पत्रकार सकिय भएर याे प्रवृतिकाे अनत्य गर्ने आ- आफ्नो स्थानबाट सक्रिय भुमिका खेल्न आग्रह गरे।
ग्रासरूट अभियान सकेर जिल्ला हुम्लाकाे सदरमुकाम पुगेका केन्द्रीय सदस्य आर्चायले गाउँ स्तरमा धेरै जसाे याेजनामा राजनिती दल,जनप्रतिनिधि संगलन देखिएकाे उनकाे भनाई छ।
जन सराेकारका मुद्वाहरू नेकपा एमाले उठाउछ, हुम्लाका केही गाउँपालिका केही गाउँपालिका एमाले प्रतिपक्षकाे भुमिका खेले पनि कुनै प्रतिपक्षकाे भुमिका देखिदैन उनले भने।
स्थानीय तहमा केही डर लाग्दा बजेट अनियमितता देखिएका छन गम्भीर रूपमा यस विषयमा छलफल गरिने केन्द्रीय सदस्य आर्चायकाे भनाई छ।
प्रेेस चाैतारी हुम्लाले गरेकाे मिसन ग्रासरूटमा आएका केन्द्रीय प्रतिनिधीहरूका लागि फेरि भेटाैला कार्यक्रममा केन्द्रीय निरज आर्चाय र केन्द्रीय लंक शाही आ- आफ्ना भनाई राखेका थिए।
कार्यक्रम प्रेेस चाैतारी हुम्लाका अध्यक्ष नन्द सिहंले खादा लगाएर सम्मान गरेका थिए।
कर्णाली रैवार संवाददाता । २७ चैत्र २०७९, सोमबार २०:२६