रबि लामिछाने को नाम मा पैसा बार्गेनिङ, सांसद निलम्बित

काठमाडौ, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा नै पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।

“उहाँको त्यस्तै प्रकरण आयो । अहिलेलाई उहाँलाई निलम्बन गरिएको छ,” रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बाह्रखरीसँग भने, “अहिलेलाई उहाँलाई निलम्बन मात्र गरिएको हो । अनुशासन समितिले छानबिन गरेपछि उहाँलाई हुने कारबाही निश्चित हुनेछ ।”

हेर्नुहोस भिडियो ।