हुम्ला- दलित समुदायकाे मृत लासलाई सार्वजनिक बाटाेबाट लिन राेक लगाईएकाे छ।
आइतबार चंखेली गाउँपालिका-४ का ७४ वर्षका पदमबिरे लुवारकाे लास लिन चंखेली गाउँपालिका-४ का ठकुरी समुदायले राेक लगाएका हुन।
२१ औ सताब्दीमा पनि सार्वजनिक बाटाेबाट लास लिन नदिएकाे मृतकका छाेरा कर्णबिर लुवारले जानकारी दिए।
गाउँकाे सार्वजनिक बाटाे हुँदै लास लिन राेेक लगाएपछि खेतबारी हुँदै बुबा लास मसानघाट सम्म लिएकाे कर्णबिरे लुबारले दुखेसो गरे।
गाउँकै बुद्धिजीवी,राजनीति गर्न व्यत्तिबाट यस्ताे दमनमा दलित समुदाय रहेकाे उनकाे गुनासो रहेकाे छ।
वडाका जनप्रतिनिधिहरूबाट अपमानित हुनु परेकाे मृतक नाती मानबहादुर लुवारले बताए। वडापालिकाका वडाध्यक्ष पदमबहादुर शाहीलाई टेलिफाेन गर्दा सम्पर्कमा आउन चाहेनन।
चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार पुरानाे रितिरिवाज लैजाने की भनेर विषयमा विवाद भएकाे बताए ।
अहिले गाउँमा बुझ्दा कुनै विवाद नहरेकाे र यसलाई ठुलै रूपमा नलिन उनकाे आग्रह रहेकाे छ। सञ्चारकर्मी र जनप्रतिनिधिहरूले आ- आफ्नै स्थानबाट जनचेतना फैलाउन जरुरी दिएकाे अध्यक्ष बताए ।
ठुकरी समुदायकाे दमनका कारण दलित समुदायलाई सार्सार्वजनिक बाटाेबाटै लास लिन राेक लगाईएकाे छ।
कर्णाली रैवार संवाददाता । १९ चैत्र २०७९, आईतवार १७:०९