प्रेमले लियाे संसार घर्तिमगरकाे ज्यान

हुम्ला– चार महिनाअघि मंसिर ८ गते रूकुमको पुथाउत्तरगंगा गाउँपालिका–६ मयाङका २२ वर्षीय संसार घर्ती मगर आफ्नो प्रेमिकालाई भेट्न भनेर हिँडे। उनकी प्रेमिका हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरिरहेकी थिइन्।

६ गते हिँडेका संसार सुर्खेत हुँदै ८ गते चंखेली पुगे। चंखेली पुगेपछि बेलुका साढे ४ बजेतिर आफ्ना साथीलाई फोन गरेका उनी त्यसपछि बेपत्ता भए। संसारले त्यो दिन आफ्ना सहकर्मी महेश खड्कालाई आत्तिएर फोन गरेका थिए।

वेपत्ता छाेराकाे लास भेटेपछि भावविह्वल भएकी रूकुमकी घुमिमाया घर्तिमगर

‘दाइ मलाई केटाहरूले लखेटिरहेका छन्, मलाई मार्न लागिसके भनेर फोन गरे,’ उनका सहकर्मी महेशले कर्णाली रैबारसँग भने, ‘उसले प्रहरीलाई खबर गरिदिनुपर्‍यो भन्दै थिए, तत्कालै त्यहाँको प्रहरीलाई खबर गर्ने उपाय पनि आएन, त्यसपछि उनको फोन अफ भयो र मान्छे पनि बेपत्ता भए।’

खड्काका अनुसार फोनमा उनले आफूलाई युवाहरूले सडकबाट तल खसालेका छन् भनेर पनि भनेका थिए।

संसारले महेशलाई दाइ भनेर सम्बोधन गर्ने गरेका थिए।

‘मलाई रोडबाट फालेका छन्, म भाग्न खोजिरहेको छु भन्दै थिए। त्यो नै अन्तिम भयो, त्यसपछि फोन लागेन,’ महेशले भने।

मंसिर ८ गते अपराह्नदेखि बेपत्ता भएका संसारको शव चैत १२ गते चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको छ। माछा मार्न गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो। रूकुम पूर्वबाट मृतकका आफन्त घटनास्थल पुगेर शवको यकिन पहिचान गरेको उनले बताए।

‘चार महिनासम्म कर्णालीको पानी त अझ चिसो भएर यतिको रहेको हो, तातो हुन्थ्यो भने अहिलेसम्म कंकाल मात्र हुन्थ्यो होला,’ डिएसपी भट्टराईले भने, ‘हामीसँग पनि यस्तो मान्छे हराएको भन्ने हुलिया थियो, घरको मान्छे आएपछि शरीरमा भएका चिजवस्तुका आधारमा स्पष्ट रूपमा पहिचान भयो।’

आफूहरूले संसार घर्तीले लगाएका माला, घडीलगायतका वस्तुबाट शवको पहिचान गरेको महेशले बताए।

मृतकका आफन्तहरू मंगलबार राति घटनास्थल पुगेका थिए।

मृतकका आमा, उनका साथी महेश लगायतका आफन्त हुम्ला पुगेका छन्। शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। आफन्तहरू पनि घटनास्थलबाट त्यहीँ गएका छन्।

डिएसपी भट्टराईका अनुसार मान्छे बेपत्ता पारेको भनेर पहिले आएको उजुरीका आधारमा चार जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको थियो। शव भेटिएपछि अनुसन्धानमा थप सहयोग पुग्ने उनले बताए।

पाेष्टमाटम गरेकाे संसार घर्तिमगर शव

पक्राउ पर्नेमध्ये एक जना संसार घर्तीकी प्रेमिका भनिएकी दाङकी २० वर्षीया राधा थापा छिन्। अरू तीन जना स्थानीय युवा रहेको प्रहरीले जनाएको छ।

अन्तिम दाहसंस्कार संसार घर्तिमगरकाे

विगत दुई वर्षयता दाङकी राधा रूकुम पूर्वमा बस्थिन्। उनी आफूहरूको संसार र महेशसँगको साझेदारीमा स्थापना गरेको कम्प्युटर इन्स्टिच्युटमा नै पढाउँथिन्। त्यसैबीचम राधा र संसारबीच प्रेम सम्बन्ध सुरू भएको हुनसक्ने स्थानीय राज सेनले बताए।

राधा घटना हुनुको पाँच महिना अघि मात्र लोक सेवा आयोगको कम्प्युटर अपरेटर परीक्षा पास गरेर हुम्लाको चंखेली गाउँपालिकामा पदस्थापना भएकी थिइन्।

‘उनीहरूले संयुक्त रूपमा सदरमुकाममा इन्स्टिच्युट चलाइरहेका थिए, त्यही बीचमा दुई जनाबीच प्रेम सम्बन्ध पनि चलेको रहेछ,’ सेनले भने, ‘बीचमा रूकुम छोडेर जागिरका लागि हुम्ला गएपछि बीचमा उनीहरूबीच केही विवाद भएर हो वा भेट्नमात्र गएको हो भन्ने खुलेको छैन,’ उनले भने।

मृतकका आफन्तले भने युवतीले स्थानीयलाई लगाएर प्रेमीलाई बेपत्ता पारेको आरोप लगाएका छन्।

मृतक संसार घरको जेठो छोरा हुन्। उनीपछि दुई जना भाइ र दुई जना बहिनीहरू छन्। बाबा – ६० आमा ४९  वर्ष उमेर नाघेका छन्।

संसारले प्रविणता प्रमाणपत्र तहसम्मको पढाइ सकेर स्नातक भर्ना गर्ने योजना बनाएका थिए।

धन कमाएर आमाबुबालाई पाल्ने सपना अधरै 

पढेर धन कमाएर वृद्वा बुबा र दिर्घराेगी आमालाई धन कमाएर पाल्ने सपना कर्णाली नदीमै बिलाएकाे छ ।

कक्षा-१देखि १० देउरानी माध्यमिक विद्यालय र ११-१२ कक्षा रूक्मीनी माध्यामिक विद्यालयबाट पास गरेकाे  पुथा उत्तरगंगा गाउँपालिका-६ का संसार घर्तिमगरका आमा घमुिमाया घर्तिमगरले दुखेसाे गरिनन।

छाेराे पढाउन कति दुख गर्याै ,हामीलाई पाल्ने बेला छाेराले छाेडेर गर्याे उनले रूदै भनिन,चार भाइ मध्येकाे जेठाे छाेराे हाे छाेराेले पैसा कमाएर भाईहरू र आमाबुबा पाल्छ साेचेकाे थियाै सपना अधुरै रह्याे घुमिमाया घर्तिमगरले आँखाभरी टिलपिल आँसु झार्दै बताइन।

      शव जलाउन आर्थिक समस्या

हुम्लाको सदरमुकाम सिमकाेटदेखि पाेष्टमाटम गरि शव दाहसंस्कार गर्न आर्थिक नभएकाे संसार घर्तिमगरका मामा घुमिमाया घर्तिले बताइन।

दाउरा, जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी भिमलाल भट्टराईकाे पहलमा दाउरा व्यवस्था पर्न भएकाे घर्तिमगरले बताइन । आउन जान तीन लाख रूपैयाँ खर्च भईसक्याे आर्थिक अभाव छ उनले भनिन ।

     शव लिने सवारी पत्रकार महासंघले सहयाेग

नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखाले ६८ ओै स्थापना दिवसकाे अवसरमा रूकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका-६ का संसार घर्तिमगरकाे शव लिने गाडी ‍भाडा सहयाेग गरेकाे छ। नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत,पत्रकार महासंघकाे पुर्व अध्यक्ष अर्जुन बाेहरा,नेपाल टेलिभिजन हुम्ला जिल्लाका प्रतिनिधि नरजन तामाङ , इन्सके हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंह ,राष्ट्रिय समाचार समिति हुम्लाका प्रतिनिधि दाने बाेहरा लगायतकाे समन्वय सहयाेग गरिएकाे मृतक घर्तिमगरका आमा घुमिमाया घर्तिमगरले बताइन ।

सहयाेगीलाई घुमिमायाकाे धन्यवाद 

पुथा उत्तरगंगा गाउँपालिका – ६ पुर्वी रूकुमका संसार घर्तिमगरकी आमा घुमिमाया घर्तिले आफुहरूलाई सहयाेग गर्नलाइ धन्यवाद दिएकी छन । छाेराेकाे शव नदीमा देख्ने चंखेली गाउँपालिका-का हर्के कुलाल,सुरज बिकि,चंखेली गाउँपालिकाबाट सर्केगाड गाउँपालिका सम्म गााडी सहयाेग गर्न चंखेली गाउँपालिका-४ का वडाध्यक्ष पदमबहादुर शाही,वडा नम्बर ६ का वडाध्यक्ष जयबहादुर सिरा,रातदिन खटिएर सुरक्षाकाे साथ दिने जिल्ला प्रहरी कार्यालयका प्रहरी हुम्का  निरिक्षक गिताप्रसाद चाैधरी,र जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराई र शव खार्पुनाथ लिने गाडी मिलाई दिएकाे नेपाल पत्रकार महासंघ हुम्लालाइ समेत धन्यवाद दिएकी छन।