- काठमाडौ,१५ चैत । नेपाली कंग्रेस नेत्री तथा जुम्ला जिल्ला बाट्बप्रतिनिधि सभा सांसद कान्तिका सेजुवालले सरकारले विद्यालयमा दिवा खाजाका लागि दिएको रकम अपर्याप्त हुने बताएकी छ्न ।
प्रतिनिधि सभामा बोल्दै सांसद सेजुवालले महंगि बढेको बेला सरकारले दिने दिवा खाजाको लागि हाल ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजाको रकम बढाउनु पर्ने माग राखिन ।
दिँदै आएको बर्षको १८० दिनसम्म हिमाली जिल्लामा प्रतिदिन प्रतिविद्यार्थी २० रुपैयाँ र पहाड तथा तराईमा १५ रुपैयाँ अपुग भयो यो रकम बढाउन आवस्यक छ सेजुवलले भनिन । ‘२० र १५ रुपैयाँले बालबालिकालाई खाजा किन्न भ्याउँछ कि भ्याउँदैन ?’ उनले प्रश्न गरिन् ।
सेजुवाल जुम्ला जिल्ला बाट प्रतिनिधि सभा सांसद हुनु भन्दा अगाडि कणालिको पहिलो महिला प्रधानध्यापक समेत हुन ।
कर्णाली रैवार संवाददाता । १५ चैत्र २०७९, बुधबार २१:३६