हुम्ला – चंखेली गाउँपालिका-४ स्थित सल्लिसल्लाकाे कर्णाली नदीमा एक जना पुरूषकाे लास फेला परेकाे छ।
आइतबार साढे साझ ९ बजे चंखेली गाउँपालिका-४ काे देशीखाेला र कर्णाली नदीकाे बिच ( दाेभान) मा अपरिचत लास फेला परेकाे हाे।
चंखेली गाउँपालिका-४ का हर्के कुलाल र सुरज बिकले माछा मार्न गएको बेला लास देखेपछि प्रहरीलाई जानकारी दिएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
घटना स्थलमा प्रहरीचाैकी मेल्छाम र जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिता प्रसाद चाैधरी लगायतकाे टाेली पुगिसकेकाे प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
वडा नम्बर ४ का वडाध्यक्ष पदम बहादुर शाही, प्रहरी निरिक्षक गिता प्रसाद चाैधरी लगायतले लास नदीबाट निकालेर छेउमा राखेकाे प्रहरी नायब उपरिक्षक भट्टराईले बताए । थप अनुसन्धानकाे कार्य भईरहेकाे प्रहरी नायब उपरिक्षक भट्टराईकाे भनाई छ।
कर्णाली रैवार संवाददाता । १३ चैत्र २०७९, सोमबार १३:०७