सडक खन्ने क्रममा ढुंगा खस्दा एक महिला घाइते

हुम्ला– सडक खन्ने  क्रममा ढुंगा खस्दा एक महिला घाइते भएकी छन ।ताजाँकाेट गाउँपालिका वडा नम्बर ४ काे याेजनाकाे सडक खन्ने क्रममा ताजाँकाेट गाउँपालिका-४ की ४५ वर्षिय धनसरा ढकाल घाईते भएकी छन ।

अदानचुली पर्यटन मार्ग नामकाे सडक खन्ने क्रममा बाँदरले  ढुंगा खस्दा  ढकाल घाइते भएकाे याेजनाका अध्यक्ष प्रयाेगलाल ढकालले जानकारी दिए। ३०हजार खर्च दिई तत्काल नेपालगन्ज उपचारमा पठाएको अध्यक्ष ढकालले बताए ।

गाउँपालिकाकाे एम्बुलेन्सबाट घाइते धनसरा ढकाललाई बुधबार नेपालगन्ज लगिएको मदना स्वास्थ्यचाैकी ईन्चार्ज रामलाल देवकोटाले बताए ।

धनसराकाे खुट्टा भाँच्चिएको र जाेड्न समस्या भएपछि मदाना स्वास्थ्यचाैैकीबाट रेफर गरिएकाे स्वास्थ्य ईन्चार्ज देवकाेटाकाे भनाई छ। धनसरा ढकालकाे आर्थिक अवस्था कमजाेर रहेकाे छ।

उनका श्रीमान महनलाल ढकाल भारतमा मजदुरी गर्दैँ आएका छन।