सिमकाेट-हुम्लामा एक युवकले पिपलकाे रूपमा झुन्डिएर आत्माहत्या गरेका छन ।
सिमकाेट गाउँपालिका- ७ का ३४ वर्षिय जयभक्त शाहीले आत्माहत्या गरेका हुन ।
आइतबार राति ८ बजेतिर सिमकाेट गाउँपालिका-८ घट्टेखाेला लागामाडु नजिकै पिपलकाे रूपमा कपासकाे डाेरीले पासाे लगाई झुन्डिएर आत्मा गरेकाे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
उनकी श्रीमती जम्भरी छत्याल शाहीले सिमकाेट गाउँपालिका- ७ स्थित धारापाेरी प्रहरीचाैकीलाई जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरिक्षक दीपक मल्लकाे टाेली ३ घण्टा घटना स्थल पुगेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
घटना स्थल पुगेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक दीपक मल्लले घटनाकाे अनुसन्धान भईरहेकाे बताए ।
कर्णाली रैवार संवाददाता । ६ चैत्र २०७९, सोमबार १६:१२