सभापती हमालले गरे स्वर्गीय सेजुवालको प्रतिमामा माल्यार्पण

जुम्ला,६ चैत । जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र बिध्यार्थी युनियन को सभापती निर्बाचित भएपछी सेजुवालको प्रतिमामा माल्यार्पण गरिएको छ ।

नेपाल बिध्यार्थी संघका महेश हमालले सभापतिमा निर्वाचित भएपछी मानव चोकमा रहेको नेपाली कंग्रेसका पुराना नेता स्वर्गीय मानव सेजुवालको प्रतिमामा माला अबिर लगाइ माल्यार्पण गरेका हुन । सभापती हमालले स्वर्गीय सेजुवालको जुम्लाको समग्र क्षेत्रमा ठूलो योगदान रहेको कारण सबै पार्टिले सम्झने नेता रहेको बताए । जुम्लामा नेपाली कंग्रेसलाई सफल बनाउन स्वर्गीय सेजुवालले ठूलो योगदान रहेको बताए ।

बिजयी र्याली बजार परिक्रमा गरिरहेको नेबिसंघले जनाएको छ ।

हेर्नुहोस तस्बिरहरु…