हेलिकप्टरबाट एक किशाेरीकाे उद्वार

सिमकाेट- हुम्लाकाे चंखेली गाउँपालिकाबाट  एक  जना  सुत्केरी किशाेरीकाे  हेलिकप्टरबाट उद्वार गरिएकाे छ ।
 चंखेली गाउँपालिका-२ दर्मा गाउँकी १६ वर्षिय जुनकली कामीकाे नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरि प्रदेश अस्पताल सुर्खेत पठाइएको हाे ।
 साेमबारदेखि  सुत्केरी व्यथाले थलिएर बच्चा जन्माउन नसकेपछि सकस भएकाे जुनकलीका श्रीमान बिरबल कामीले जानकारी दिनुभयाे।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत  नेपाली सेनाकाे हेलिकप्टरले  उद्वार गरि प्रदेश सुर्खेत लगिएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमि सरिता बाेहराले जानकारी दिनुभयाे ।
 हुम्ला जिल्ला अधिकारी श्रीनाथ पाैडेल, चंखेली गाउँपालिकाका जनप्रतिनिधिहरू,
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाकाे पहलमा सुत्केरी किशाेरीकाे उद्वार भएकाे सिनियर अनमि बाेहराले बताउनुभयाे ।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्दारका लागि कार्यविधि २०७५”  साल कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको हो ।
 राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत आर्थिक वर्ष ०७५/०७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जाेखिममा परेका महिलाई हवाई उद्वार
गरि  तोकिएको अस्पतालमा पुर्‍याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।
हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट  बीस हजार  उपलब्ध गराउने व्यवस्था रहेकोछ ।