देउडा र्यालीमै सिमित महिला दिवस

हुम्ला  – हिमाली जिल्ला हुम्लामा महिलाहरूले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन ।  नारी दिवस र्‍याली निकाल्ने र देउडा गाउने कार्यक्रम  सञ्चालनमै सिमित रहने गरेकाे छ ।

देउडा गीतमार्फत आफ्ना पीडा र वेदना पोख्दै मनाए। गाउँभरिका महिला दिवस मनाउन जम्मा भएसँगै आफ्ना दुःख र व्यथा देउडा गीतबाट कार्यक्रमका अतिथिहरूलाई सुनाएर मनाएका हुन्। महिलाहरूले र्‍याली मात्र निकालेर नारी दिवसले सार्थकता नपाउने भएका कारण महिलालाई सिर्जनात्मक र रचनात्मक कार्यमा सहभागी गराउन पनि गीतमार्फत माग गरेका थिए।

देउडा गाएरै महिना नारी दिवस मनाएको अतिथिका रूपमा कार्यक्रममा सहभागी भएका गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले ध्यान दिएर सुनेका थिए।

कार्यक्रम सिमकोट गाउँपालिकाले आयोजना गरेको थियो। जिल्लाका खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाले नारी दिवस मनाएका छन्। तर, रचनात्मक र सिर्जनात्मक कार्य हुन नसेकामा पनि सहभागी महिलाले गुनासो गरे।

कतिपय महिला यसरी निर्धक्कसाथ देउडा गाउनुु पनि सकारात्मक कार्य नै भएको ठान्छन्। किनभने पहिला आफ्नो परिचय दिनसमेत मुख छोप्ने महिला अहिले सार्वजनिक स्थानमा देउडा गीत बिना लाज–सरम गाउन सक्नुु पनि सकारात्मक पक्ष हो। यो दिवस मनाउनका लागि गाउँपालिका स्तरमा कार्यक्रमसमेत तय गरिएको थियो।