हुम्लाका श्रमिक महिला भन्छन् दुख नगरी माम मिल्दैँन

हुम्लामा हरेक वर्ष नारामै महिला दिवस लाखौ बजेट गोष्ठी,सेमिनार,तालिम,कार्यक्रम खर्च उपलब्धी शुन्य

हुम्ला– सिमकोट गाउँपालिका–६ की ४० वर्षीय हसकला सुनार बिहानै घरबाट निस्किन्छिन् सिमकोट विमानस्थल नपुगुन्जेल भारी नपाइएला की भन्ने चिन्ताले उनलाई सताइरहन्छ । तर आजै बुधबार नेपालगञ्जबाट जहाज नचलेपछि उनलाई झनै पिडाले सताएको बताउनुभयो । मौसम खराब भएर विमान नआएको दिन उनी निराश भएर रित्तो हात घर फर्किन बाध्य भएको उनको दुखेसो रहेको छ ।

‘भारी बोक्न नपाए बिहान–बेलुका हातमुख जोर्नै मुस्किल हुन्छ,’ उनले नेपाल टेलिभिजनलाई बताइन् ‘यही हवाईजहाजको आस गरेर हाम्रो छाक टर्छ ।’
स्थानीय व्यापारीहरुको सामान ल्याउँछ यही सामान बजार पुर्याए जिवन गुजारा चलाउन सजिलो हुन्छ हसकलाले भनिन ।

उनीजस्तै भारी बोकेर परिवार धान्ने सिमकोटमा धेरै छन । तीमध्ये सबैजसो महिला छन । आर्थिक अवस्था कमजोर भएका ३३ महिला र तीनजना पुरुषले यही पेसा गरिरहेका छन । उनीहरूले बजारसम्म सामान बोकेर र्पुयाएको ५० देखि दुई सय रुपैयाँसम्म पाउँछन । मौसम खराब भएपछि र जहाज नियमित उडान नभएपछि आफुहरुको चुलोमा आगो नबल्ने गरेको सिमकोट गाउँपालिका–७ डाडाँफयाकी ५२ वर्षीया बाँचु नेपालीको भनाई पनि उस्तै छ ।

आधा जीवन भारी बोकेर बितेको उनले गुनासो गरिन । उनी भन्छिन कहिलेकाँही हावाहुरी आएर बादल लागेको दिन भारी नपाएर चुलोमा आगो बल्दैँन बाँचु भन्छिन् । बुधबार मार्च ८ फागुन २४ आज अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइदैँ छ तर बाँचु नेपालीलाई महिला दिवसको विषयमा जानकार नभएको बताउछिन् ।
 कतै महिला दिवस मनाइदैँ कतै महिला श्रममा व्यवस्त
लैङिक समनताको बलियो आधार सिर्जनात्मक प्रविधि मा महिला पहुँच भन्ने मुल नारा सहित ११३ औँ महिला दिवस हुम्लाको सदरमुकाम सिमकोटमा मनाइएको छ । भने कतै आफनै घरायसी काम काँजमा महिला व्यवस्त देखिएका छन् ।
हरेक वर्ष सरकारी तथा गैहसरकारी संस्थाहरुले अन्तराष्ट्रिय महिला दिवस मनाउने गरेपनि केही परिवर्तन नआएको महिला अगुवाहरुको भनाई छ ।
महिला अधिकारका विषयमा सदरमुकाम सिमकोटदेखि जिल्लाका सातै पालिकाहरुमा लाखौ रकम खर्चिएर गोष्ठी, सेमिनार, तालिम, कार्यक्रम आयोजनामा मात्रै सिमित रहेपनि उपलब्धी भने केही पनि देखिएको छैन ।
महिलामाथी श्रमनै शोषण
संविधानको धारा ३४ को उपधारा ९२० मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । तर, यी हुम्ली श्रमिकका लागि यो हकको कार्यान्वयन हुन सकेको छैन ।
दैनिक सिमकोट विमानस्थलमा भारी बोक्ने महिला श्रमिकहरुलाई श्रमको शोषण हुने गरेपनि सरोकारवाला निकाय मौन देखिएका छन् ।
विमानस्थलबाट भारी बोकेर बिहान बेलुका छाक टार्ने गरेका महिलालाई ज्यालामा शोषण हुदाँ जिल्लाका अगुवा महिलादेखि सम्बन्धित सरोकारवाला निकाय चुपचाप देखिदैँ आएका छन् ।
महिलाका पिठयुमा भारी
सिमकोट गाउँपालिका–७ चौगान फायाँका अधिकाश महिलाहरु चामल किन्न तीन घण्टा पैदल सिमकोट र मैदा किन्न चार घण्टा पैदल नाम्खा गाउँपालिका केर्मी पुगेर ल्याउने गरेको सिमको गाउँपालिका ७ की २६ वर्षीय सरिता शाहीले गुनासो गरिन । गाउँमा खेतियोग्य जमिन नभएपछि दैनिक तुम्कोटको मैदा र सिमकोट चामलको भर पर्नुपर्न बाध्यता रहेको उनले बताइन् । कोराना महामारीले हिल्सा नाका बन्द भएपछि सिमकोटकै चामलकै भर पर्नु परेको दुखेसो गरिन ।
यो बाध्यता सरिताको मात्रै होइन, सिमकोट–७ चौगानफायाँकै सुनीता शाही पनि घरमा खाद्यान्न नभएकै कारण बालबच्चा छाडेर मैदा किन्न केर्मी गाउँ पुगेको बताउँछिन । ‘आमाले मैदा लिएर आउँछिन् बेलुका खाउँला भन्दै छोराछोरी आसैआसमा बसेका होलान,’ सरिता शाहीले भनिन ।
‘निर्वाचनको समय सिँचाइ दिउँला भन्छन्, निर्वाचित भएपछि आफ्ना घर बनाउँछन्, आफ्नै छोराछोरी सुविधासम्पन्न विद्यालयमा पढाउँछन । गरिबका छोराछोरीको पढाइलेखाइ टाढाकै कुरा हो, बिहान–बेलुका बच्चालाई खान लगाउनसमेत समस्या छ’ सरिताले भनिन ।
हुम्लामा श्रमिकको दैनिक ज्यालामा ब्रह्मलुट
हुम्लामा श्रमिकहरूको श्रमशोषण हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले प्रत्येक आर्थिक वर्षमा श्रमिकको ज्यालादर निर्धारण गरे पनि श्रमिकको श्रम शोषण हुँदै आएको छ ।
आर्थिक वर्षको सुरुमा हुम्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा बसेको बैठकले श्रमिकको दररेट निर्धारण गरेको छ । निर्धारित दररेटअनुसार दक्ष कामदारअन्तर्गतको सिकर्मी रडकर्मीर कालिगढ र चित्रकार रप्लास्टर लगायतका लागि दैनिक ज्याला एक हजार ६ सय ५० रुपैयाँ र साधारण श्रमिकले एक हजार पाउने उल्लेख गरिएको छ ।
निर्धारित दररेटमा जिल्लाका सरकारी कार्यालयदेखि व्यवसायी र पत्रकारले समेत संयुक्त रूपमा हस्ताक्षर गरे पनि अधिकांश गाउँपालिकामा साधारण श्रमिक ठगिँदै आएका छन्। उपभोक्ता समितिबाटै पनि दैनिक श्रमको उचित मूल्य नपाएको श्रमिकले गुनासो छ ।
ढुंगा बोकेको दैनिक ज्यालाा तीन सयदेखि चार सयसम्म मात्र पाउने गरेको अदानचुली गाउँपालिका– २ की हिउवाडी विष्टले बताउछिन् ।
‘विकास जसले ल्याउँछ, उसले आफन्तलाई नै काम लगाउँछन,’ उनले भनिन अदानचुली गाउँपालिका– २ कै सुना भण्डारीको पनि गुनासो उस्तै छ। ‘शरीर चिसाउँदो, पेट भोकाउँदो, काम नगरी हुँदैन । पाँचदेखि ६ सय दिन्छन महिला भनेर काम पनि लगाइदिँदैन,’ उनले भनिन ।
अदानचुली– २ की कलदेवी दुलालले देउडा गीतबाट व्यंग्य गर्दै भनिन, ‘माघभन्दा फागुन नै गइगो, पुसको पुसै छ । ज्या व्यवस्था आए पनि दलितलाई उस्तै छ।’ दैनिक ज्याला पाँच सय पाउने भए पनि कहिलेकाहीँ त्यही पनि समयमा नपाउने उनको गुनासो छ ।