चंखेली गाउँपालिकाका जनप्रतिनिधि जनताका कुरा सुन्दैन

हुम्ला- एकसातादेखि चंखेली गाउँपालिका-५ की २० वर्षिय एक महिला सुत्केरी व्यथाले गाउँमै थला परिन ।

नम्बर-५ कि  मंगला तामाङ सुत्केरी व्यथाले झनझन च्यापदै गरेपछि बिरामीका आमा ढिक्की तामाङ छाेरीकाे ज्यान जाेगाइदिन भन्दै गाउँपालिका केन्द्र पुगेकाे जानकारी दिइन ।

गाउँपालिकामा नत जनप्रतिनिधिले कुुरा सुने नत कर्मचारीले उनकाे कुरा सुने निराश हुँदै घर फिर्ता भएकाे तामाङकाे दुखेसाे रहेकाे छ । गाउँमा न  बर्थिङ सेन्टर नत गाउँमा प्रयाप्त मात्रमा ओैषधी नै छ ।

बिरामीकी दिदी अमृता तामाङका अनुसार अध्यक्ष प्यारीलाल शाही र वडाध्यक्ष हर्कधन तामाङलाई हेलिकप्टरकाे पहल गरि दिन भन्दै वेवास्ता गरेकाे बताइन ।

गाउँपालिका अध्यक्ष  शाही र वडाध्यक्ष तामाङ वेवास्ता गरेपछि सदरमुकाम सिमकाेटमा रहेका पत्रकार नरजन तामाङसँग आग्रह गरेपछि हेलिकप्टर पहल कदमी भएकाे थियाे तर गाउँमै सुत्केरी भएकाे अमृता तामाङले बताइन ।

पत्रकार नरजन तामाङका अनुसार चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले एयरलिफटिङकाे लागि जिल्ला स्वास्थ्य कार्यालय लाई सिफारिस गरिदिन आग्रह गरेपनि नमानेेकाे पत्रकार तामाङले बताए । हामीसँग पालिका अध्यक्ष शाहीले यस्तो व्यवहार गर्छन भनेपछि स्थानीयकाे कुरा कहाँ सुन्छनर कर्णाली रैबारसँग भने ।

जिल्ला अस्पतालका प्रमुख प्रेम बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भटराई, चंखेली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, पत्रकार  नन्द सिंहको पहलमा उद्धार कार्य अघि बढि सकेको थियो ।

दिउसो १२ वजेनै प्रसुती व्यथा लागेकी महिलाका लागि गाउँपालिका, जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालय हुँदै महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालयसम्म सिफारीस भएर हेलिकप्टर तयारी अवस्था भइसकेको आधा घण्टा भित्रै महिला घरमा आफै सुत्केरी हुन सफल भएको जानकारी भएपछि हेलिकप्टर स्थगित गएिको थियो ।

सुत्केरी व्यथा लागेका महिलाहरुलाई महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रिपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाल सरकारले उद्धार गर्ने गरेको छ । यो प्रव्धान ०७३ फागुन २४ गतेबाट लागु भएको छ ।
यो वर्ष मात्रै उक्त कार्यक्रम मार्फत जिल्लाका करीव ६ जनालाई एयरलिफ्टिंग मार्फत उद्धार गरिएको छ ।