धन कमाउन कतार गयका खड्काको मिर्गौला फेल, सहयोगको अपिल !

जुम्ला,१९ फागुन । जुम्ला जिल्ला पातारासिका गाउंपालिकाका  नर बहादुर खड्का धन कमाएर रोजिरोटी र परिवारको सुखका लागि भनेर ३ बर्ष अघि कतार उडे ।
मनमा ऋणको भारी , सन्तानको इच्छा पूरा अनि बुढेसकालको सुख खोज्ने सिलसिलामा उनी कतार उडेका थिए ।


बिडम्बना कतारमा हुदा नै एक्कासी शरिर सुन्निन थाल्यो र उनी अस्पताल पुगे ।
खड्का त्यतिबेला छांगा बाट खसे जस्तै भए जतिबेला अस्पताल को रिपोर्टमा Chronic Ranal Failure stage-5 भएको देखियो । अर्थात ४० बर्षिय खड्काको दुबै मिर्गौलाले काम नगर्ने गरि बिग्रेको रिपोर्ट आयो । सन्तान को सपना, बुढेसकालको सुख र साहुको ऋण तिरौंला भनेर देखेको सपना कतारको अस्पतालको रिपोर्ट ले उडाइदिएपछी जिवनको अन्तिम मोडमा छन । कमाएको थोरै रुपिया पनि कतारमै उपचार गर्दै सकियो ।
काठ्माडौको टिचिंङ अस्प्ताल मा हप्तामा २ दिन डाइलाइसिस गर्दै हाल सुर्खेतमा रहेको क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका छ्न।
खड्काका भतिज बिरेन्द्र खड्काका अनुसार उहाको शरिरमा हेमोग्लोबिनको मात्रा कम छ । पुरुषमा हुनपर्ने मात्रा १३ देखि माथी हो तर उहाको ६ मात्र छ । रगत चढाइ राख्नु पर्ने जटिल अवस्था छ । बिदेश र नेपालको अस्पतालको उपचारको क्रममा भएको सबै पैसा उपचारमा सकिएको खड्काको भनाइ छ ।


“काकालाई बाचुन्जेल डाइलाइसिस गरिराख्नु पर्ने हुंदा नेपाल सरकारले निशुल्क उपचार गराएपनी ल्याब टेस्ट र औषधि निशुल्क नहुने हुंदा बिरामिलाइ खर्च धान्न नसकिने अवस्था छ । भतिज बिरेन्द्र ले बताए । ” बिरामी खड्काकि श्रीमती राममाया खडकाले जुम्लामा रहेको कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा यो सुबिधा भएको भए खर्च कम हुन्थ्यो कि भन्दै गुनासो पोखिन । राममायाका अनुसार आफ्नै जिल्लामा भएको अस्पतालमा आफ्नै खाना खर्च ले उपचार गर्न सहज हुने थियो र आफन्तले भेटघाट गर्न पाउथे ।
बिरेन्द्रका अनुसार आर्थिक सहयोग गर्ने जो कोहिले पनि NAR BAHADUR KHADKA. खाता नंबर 0430199556700017.NMB BANK LIMITED सहयोग गर्न सकिने बताए ।