हुम्लाको सदरमुकाम सिमकोटमा र्याली रहित विश्व वन्यजन्तु दिवस मनाइएको छ । रोलेक्स अर्वार्डको आर्थिक सहयोगमा तेस्रो ध्रुव संरक्षण संस्थाको आयोजनामा विश्व वन्यजन्तु दिवस हुम्लामा भव्य रुपमा मनाइएको हो ।
वन्यजन्तु संरक्षणको लागि साझेदारी भन्ने नाराका साथ तेस्रो धु्रव संरक्षण संस्थाको आयोजना र नाम्खा,सिमकोट गाउँपालिका र डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा विश्व वन्यजन्तु दिवस मनाइएको तेस्रो धुव संस्थाका कार्यक्रम अधिकृत अविनाश लामाले जानकारी दिनुभयो ।
मार्च ३ मा विश्व वन्यजन्तु दिवसको अवसरमा सिमकोट बजारमा र्याली रहित भव्य रुपमा यो दिवस मनाएको अधिकृत लामाले बताउनुभयो । समुदायमा आधारित चोरीशिकारी नियन्त्रण र न्युनिकरण गर्न सरोकारवाला निकाय विच अन्तरक्रिया कार्यक्रम समेत गरेको अधिकृत लामाको भनाई छ ।
विश्व वन्यजन्तु दिवसमा प्रमुख जिल्ला अधिकारी, देखि सश्स्त्र प्रहरी नेपाल प्रहरी,विद्यार्थीहरु, गाउँपालिकाका जनप्रतिनीधिहरु, जिल्ला स्थित सञ्चारकर्मी लगायत र्याली भव्य रुपमा मनाएको कार्यक्रमका अधिकृत लामाले बताउनुभयो ।
विश्व वन्य जन्तु दिवसको अवसरमा बोल्दैँ प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले पर्यावरण, वातावरण, संरक्षण वन्यजन्तु संरक्षणको क्षेत्रमा जनचेतना फैलाउने कार्र्य महत्वपुर्ण भएको बताउनुभयो ।
भौगोलिक कठिनाई रहेर पनि वातावरणको क्षेत्रमा वन्यजन्तुको क्षेत्रमा अगुवा कार्यक्रम गरेको देख्दा सारै खुसी भएको प्रजिअ पौडेले बताउनुभयो ।
रोलेक्स अर्वाड पुरस्कारको अभियनता यही जिल्लाले पाएकोले खुसी र गर्भको कुरा रहेको प्रजिअ पौडेले प्रंशसा गनुभयो ।
नेपालमै नभएको वनचौरी पाउने जिल्ला भएकोले स्थानीय तह पनि यस विषयमा सक्रिय रहेको नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । तेस्रो धुव संरक्षण सस्थाले वन्यजन्तु संरक्षण उल्लेख्य भुमिका खेल्दैँ आएको अध्यक्ष लामाले बताउनुभयो । सयौ संख्यामा हुम्लाको सदरमुकाम सिमकोटमा र्याली रहित विश्व वन्यजन्तु दिवस मनाइएको छ ।
अबिनाश लामा । १९ फाल्गुन २०७९, शुक्रबार १५:४२