ऋणकाे भारी बाेकी ११ लाखमा हेलिकप्टर चार्टर

हुम्ला– बुधबारदेखि  एक्कासी वेहाेस हुदाँ  बिरामी भएकी एक महिलाको ११ लाख हेलिकप्टर भाडा तिरेर उद्वार गरिएकाे छ ।

नसा समस्या हुदाँ एक्कासी वेहाेस भएकी नाम्खा गाउँपालिका-२ कि  अन्दाजी ४५ वर्षिय खान्डाे तामाङकाे ११ लाख हेलिकप्टर भाडा तिरेर काठमाडौं लगिएको हाे ।

बिरामी तामाङलाई उपचारका लागि कैलाश एयर हेलिकप्टरबाट काठमाडौं लगिएकाे नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेेम लामाले जानकारी दिए ।

महगो मूल्य हेलिकप्टर भाडा तिरेर काठमाडौं न्युराे अस्पतालमा उपचार भईरहेकाे अध्यक्ष लामाले बताए । भाैगाेलिक रूपमा दुर्गम जिल्लाका स्थानीयबासीहरू उपचार लाखाै रकम खर्चिन बाध्य भएकाे नाम्खा गाउँपालिका अध्यक्ष लामाकाे भनाई छ । ऋणकाे भारी बाेकेर बिरामीकाे हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।