हुम्ला- तेस्रो धुर्व संरक्षण अन्तरगतको उकाली परियोजनाले (मार्च-३) फागुन १९ गते विश्व वन्यजन्तु दिवस मनाउने भएकाे छ ।
बुधबार पत्रकार भेटघाट कार्यक्रममा तेस्रो धुर्व संरक्षण अन्तरगत उकाली परियाेजनाले फागुन १२ गते (मार्च-३ ) मा विश्व वन्यजन्तु दिवस मनाउने घाेषणा गरेकाे हाे । वन्यजन्तु संरक्षणकाे लागि साझेदारी नारा सहित विश्व वन्यजन्तु दिवस मनाउने परियाेजनाकाे अधिकृत अविनाश लामालेे जानकारी दिए ।
सिमकाेट स्थित बिजय हाेटेल नजिकैबाट नारा रहित विश्व वन्यजन्तु दिवस मनाउने तयारी रहेकाे परियाेजनाका अधिकृत लामाले पत्रकार भेटघाट कार्यक्रम बताए ।
अवैध रूपमा चाेरी शिकारी बढ्दै गएकाेले यसलाई न्युनिकरण कम गर्न उद्देशय रहेकाे परियाेजनाकाे अधिकृत लामाकाे भनाई छ। हुम्लाका तीन वटा सिमकाेट,नाम्खा ,चंखेली गाउँपालिकामा याे परियाेजना लागू भएकाे अधिकृत लामाले भने ।
परियाेजना लागू भएका गाउँपालिका नाम्खा गाउँपालिका- ६ काे लिमि सुनखानी आधारभुत विद्यालय देखि सिमकाेट गाउँपालिका-१/२ काे रामदेव माध्यमिक विद्यालय ठेहेका विद्यालयहरू विश्व वन्यजन्तु दिवसकाे अवसरमा विभित्र कार्यक्रम गर्न परियाेजनाले जनाएको छ ।
वक्तृत्वकला, हाजिरी जवाफ, निवन्ध लगातका विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने भएको अधिकृत लामाको भनाई रहेको छ । उकाली परियाेजनाले वन्यजन्तु संरक्षण मात्रै नभई समाजका न्यून आर्यश्राेत भएका नागरिकलाइ जीविकोपार्जन कार्यक्रम वन्यजन्तु संरक्षण वातावरण संरक्षण,र अनुसन्धान पहिलाे प्रथामिकता रहेकाे बताए ।
कर्णाली रैवार संवाददाता । १७ फाल्गुन २०७९, बुधबार १७:३७