कठमाडौ,१४ फागुन । ठ्याक्कै एक बर्षमा पल शाह कारागार मुक्त हुने भएका छन् । अघिल्लो बर्ष फागुन १५ गते तनहुमा आत्मसमर्पण गरेका थिए। एक नाबालिग गायिकाले बलात्कारको मुद्धा दायर गरेपछि उनको नाममा पक्राउ पुर्जी जारी गरिएको थियो। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा जना तयार भएका शाह पक्राउ पुर्जी जारीसंगै प्रिमियरमा सहभागी भएका थिएनन्। केहि दिनको लुकाछिपी पछी उनले फागुन १५ गते तनहु प्रहरीमा आफै उपस्थित भएर प्रहरी प्रसाशनलाई सहयोग गरेका थिए।
जाहेरिकर्ताको बयानको बदलावले उनलाई चाडै रिहाई मिल्ने अपेक्षा शुभचिन्तकले गरेका थिए। तर उनलाई नवलपुर पुर्व अदालतले बाल यौन दुरुपयोगमा २ बर्ष ६ महिनाको सजाय सुनायो। तनहु अदालतले उनलाई सफाई दियो। पल नवलपुरको मुद्धा विरुद्ध उच्च अदालत पोखरा पुगे । पललाई फागुन १४ गते उच्च अदालत पोखराले सफाई दियो। भोलि अर्थात् फागुन १५ गते पल हिरसात मुक्त हुदैछन् ।
पलका लागी फागुन १५ जीवनकै अविस्मरणीय दिनको रुपमा रहनेछ । यहि दिन उनी जेल परे यहि गते उनि सफाई पाएर बाहिरिदैछन्।
कर्णाली रैवार संवाददाता । १४ फाल्गुन २०७९, आईतवार २०:१९