शान्ति सुरक्षा,सुशासन पहिलाे प्रथामिकता हुन्छ: प्रजि पाैडेल

हुम्ला – भर्खरै मात्र सरूवा भएर हुम्ला जिल्ला आउनु भएकाे प्रमुख जिल्ला अधिकारी श्रीनाथ पाैडेले शान्ति,सुरक्षा र सुशासन पहिलाे प्रथामिकता हुने बताएका छन ।  जिल्ला स्थित सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रम यस्ताे बताएका हुन ।

सञ्चारकर्मीबाट सकरात्मक पक्षकाे अपेक्षा गरेकाे प्रमुख जिल्ला अधिकारी श्रीनाथ पाैडेलकाे भनाई छ ।

भर्खैरै मात्रै पर्वत जिल्लाबाट सरुवा भएर हुम्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी पौडेलले सन्चारकर्मीहरुले आफुलाई सहयोग तथा समन्वय गर्नु भएमा आफुले जिल्लामा हुने जुनसुकै कामलाई पनि सहज ढङ्गले सफल पार्ने जानकारी दिए ।

यस अघि जिल्ला प्रशासन कार्यालयले गर्दै आएको कामको हौसला दिंदै आफु नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा रहे पनि आफुले सकेसम्मका विकासे योजना, सुरक्षाका सवाल, जिल्लामा अति आवश्यक पर्ने विधुत, सडक, सन्चार, खानेपानी, हवाई उद्धार, खाद्यान्न लगायतका यावत विषयलाई पहिलो प्रथामिक्तामा राख्ने प्रजिअ पौडेलले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

विहान ११ वजेदेख सन्चालन भएको पत्रकारसंग परिचयात्मक कार्यक्रममा बोल्दै हुम्ला जिल्लामा देखिएका हरेक समस्यालाई आफुले प्रदेश हुँदै संघ सरकार समक्षा पहल कदमीका लागि अफुले पहिलो प्रथामिक्तामा राख्ने प्रजिअ पाैडेलकाे भनाई छ ।

त्यस्तै जिल्ला प्रशासनबाट हुने शुशासन कायम, सेवाप्रावह सहजता गरिनुका साथै जिल्ला प्रशासन कार्यालय संधै प्रादशिक रुपमा चुस्तदुरुस्त बनाउने तर्फ सदैव लागि पर्ने बताइएको छ ।

कार्यक्रममा सहभागि भएका पत्रकारहरुले पछिल्लो समय प्रशासनले निर्धारण गरेको गाडि भाडाको दररेड एकरुप्ता, सडक निर्माण कार्यलाई तिव्रता, बजार अनुगमनदेखि लिएर सरसफाई लगायतका थुप्रै विषयलाई उठान गर्दै यसको समाधानका लागि जिल्ला प्रशासनको मुख्य भूमिका रहेको भन्दै सुझाव समेत रखेका थिए ।