हुम्लामा घर दैलो स्वास्थ्य सेवा प्रभावकारी बन्दै

हुम्ला,२२ माघ । हुम्लामा घर दैलो स्वास्थ्य सेवा प्रभावकारी देखियो छ ।

जिल्लाको खार्पुनाथ गाउंपालिका अनतर्गत छिप्रा स्वास्थ्य चौकी मा यो कार्यक्रम लागू हुँदै आएको छ । गत आर्थिक वर्ष २०७९/०८० वाट लागू भएको यो कार्यक्रम निकै प्रभावकारी भएको स्वास्थ्य चौकी छिप्राका स्वास्थ्यकर्मि प्रेम रावल ले बताए । स्वास्थ्य चौकिमा आउन नसक्ने बिरामी बालबच्चा र ज्येस्ठ नागरिकका लागि स्वास्थ्य उपचारमा धेरै प्रभावित देखियो रावल ले भने ।

प्रत्येक महिनाको २१ र २२ गते संचालन हुने यो कार्यक्रममा यो महिना ६४ जनाले सेवा लिएका छन । घरमै स्वास्थ्य सेवा पाएपछि खुशी भएको एक स्थानिए बताउछ्न । खार्पुनाथ गांउपालिका को ४ नम्बर वडा को छिप्रा, माजा, नल्ल र लेखमा यो कार्यक्रम लागू भएको छ । छिप्रा स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिले उक्त सेवा प्रधान गर्दै आइरहेका छन ।

यस कार्यक्रममा बिशेष गरेर जेष्ठ नागरिक , फरक क्षमता भएका ब्यक्ति, गर्भवती महिला र सेवा बाट बन्चित भएका बस्ती वा नागरिकहरु समेटिन्छन ।