काठमाडौं,२१ माघ ।चर्चीत मोडल तथा पत्रकार चिरन्जिबी सापकोटाको अभिनयमा “मोया त लाउछ अझै पनि” सार्बजनिक भएको छ ।
पछिल्लो समय हिट भिडियो को पर्याबाची बनेका सापकोटा को अभिनय र युवामाझ चर्चित रहेका बादल थापा को स्वर रहेको म्युजिक भिडियो आहा टिभी युटुब मार्फत सार्बजनिक गरिएको हो । यज्ञ बिक को शब्द रहेको म्युजिक भिडियो मा गायक थापा र प्रबिशा अधिकारी को स्वर रहेको छ । बिन्दास मिडियाको अडियो र भिडियो रहेको गितमा जिबि चिरन , ग्यानु नेपाली, समिक्षा भुजेल र बिना ओलिको अभिनय देख्न सकिन्छ ।
आयुष सापकोटाको फोटोग्राफी रहेको उक्त भिडियो सिर्जन बराल”ॠषि” ले निर्देशन गरेका हुन ।
मोया त लाउछ अझै पनि गितको सुरुवात मै चर्चित रेडियोकर्मी स्वर्गीय महाबिर विस्वकर्माको मुक्तक वाचन गरेर विस्वकर्मा प्रती श्रद्धाञ्जली ब्यक्त गरिएको छ ।
उक्त गित को भिडियो सुर्खेतको रमणिय स्थलहरुमा छायांकन गरिएको हो ।
हेरौं भिडियो ।
कर्णाली रैवार संवाददाता । २१ माघ २०७९, शनिबार १७:२०