नेतालाइ रबिको फोन: सरकार छाड्छौं होला !

काठमाडौं,१९ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार छाड्ने सन्देश सत्तारुढ दलका नेताहरुलाई दिएका छन् ।

पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका नेताहरुसँग सम्वाद गरेका थिए । रविले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भनेर आफूलाई पनि फोन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बैठकमा जानकारी दिएको बताइएको छ ।