हुम्ला,१८ माघ । हुम्लाको सदरमुकाम सिमिकोटमा दैनिक १६ घण्टा विधुत लोडसेडिंङ हुने गरेको छ ।
दैनिक सदरमुकाम सिमकोटमा लोडसेडिंग हुँदा सेवाग्राहीले मार खेप्नु परेको हो । लामो समय हिल्दुम विधुत वितरण केन्द्रले पानीको
वहाव निकै घटेको भन्दै जिल्लामा लोडसेडिंगको समय तालिका बढाएको पाइएको छ । लोडसेडिंगले गर्दा सदरमुकाम सिमकोटमा आएका स्थानीय सेवाग्राही लगायत विधार्थीहरुलाई समस्या हुँदै आएको छ ।
आगामी चैत १७ गते हुन लागिरहेको एसइइ परिक्षाको तयारी गर्दै आएका विध्यार्थीहरु धेरै मारमा परेको सर्केगाढ २ रिप का एकजना बिध्यार्थिले बताए । उनले परीक्षा तयारी गर्ने समय छोटो हुंदा उज्यालो नभएकै कारण पढाइ नहुने हुंदा आफुहरुलाई समस्या हुन थालेको बताए ।
विधुत नियमित नभएपछि विहान वेलुकाको खाना पकाउन समेत समस्या हुने गरेको एसइइको तयारी गर्दै आएका विद्यार्थीहरुले गुनासो गरेका हुन् ।
बिधुत समस्याकै कारण यतिखेर बजार व्यवसायीका कामकाज पनि ठप्प भएको पाइएको छ । जिल्ला सदरमुकाम सिमकोटमा अवस्थित इलेक्ट्रोनिक व्यवसायीहरु लोडसेडिंगकै कारण धरापमा पर्न थालेका छन् भने सरकारी, गैरसकारी कार्यालय र स्थानीय तहका कर्मचारीहरु पनि कार्यालयको कामकाजमा व्यस्त हुनु पर्नेमा विधुत समस्याले यतिखेर फुर्सदिला जस्तै देखिनुका साथै विधुत आपुर्तिको मार मा परेका छन ।
कर्णाली रैवार संवाददाता । १८ माघ २०७९, बुधबार १०:१०