हुम्लामा यातायात ब्यवसायिले यात्रु लुट्दै !

हुम्ला,१८ माघ । हुम्लामा यातयात ब्यवसायिले मन लाग्दी भाडा असुलेको पाइएको छ ।

हुम्लाको अदानचुली, ताँजाकोट र सर्केगाढ गाउँपालिकासम्म सन्चालन हुँदै आएका यातायात ब्यबसयिहरुले यात्रुलाइ भाडा मनपरी ढंगले असुलेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय हुम्लाले पटक पटक यातायात सन्चालनका लागि भाडा दररेट कायम गर्नकै लागि निर्णय गरे पनि यतायात ब्यबसायिहरुले निर्णयको व्यवास्था गर्दै आएका छन् । सडक सञ्जालले छोएसगै स्थानीय नागरीकहरुलाई आवत-जावत
गर्न सहज भएको भए पनि भाडामा भने यात्रुहरु ठगिदै आएका हुन । विभिन्न स्थानमा टिकट काट्नको लागि राखिएका काउण्टरका ब्यबसायिले मन परी भाडा लीने गरेका छन् ।
तर काउन्टरले लीने भाडा र यात्रुहरुसगै मिलेर गाडी मालीकले लीने भाडामा समेत विमेल हुदा उनीहरु बिचमा नै विबाद शृजना हुन थालेको छ । यसै विषयले चर्को बिवाद हुनु पुर्व सम्बन्धित निकायले भाडा निर्धारण गर्न जरुरी रहेको गल्फागाड प्रहरीचौकी श्रीनगरका प्रहरी सायक निरीक्षक कुमार गीरीले बताए ।

उहाँका अनुसार सामान्य बिवाद देखीएकाले यस विषयको टुँगो लगाउन गाउपालीका,प्रहरीचौकी, यातायात व्यावसायी र टीकट काउन्टरवाला बिच छलफल जरुरी रहेको छ । जिल्ला प्रशासनले कायम गरेकोे दररेड विपरीत भाडा असुलेकोे लगायत यस क्षेत्रमा संचालित सवारीको निजि गाडी र सार्वजनिक गाडी एकिन गरेर यात्रुलाइ ठगिन बाट बचाउनु पर्ने गिरिले बताए ।

सो समस्यालाई सरोकारवाला निकायले चासो देखाएर नियन्त्रण गर्नु आवश्यक रहेकोमा चासो नदियको एक यात्रुले गुनासो पोखे । यस क्षेत्रमा टीकट काउन्टर छन तर कतीबेलासम्म टीकट काट्ने समय
कतीबेला गाडी छुट्छ एकीन समय भने हुने गरेको छैन । विभिन्न ठाउबाट यात्रु चढाउने प्रचलन को कारण  कती जनाले  यात्रा गरे  भन्ने पनि जानकारी नभएको यात्रुले गुनासो गर्दै आएका छन् ।

उक्त सडकमा यात्रा गर्दा कतिखेर के हुने हो भन्ने डरै डरले यात्रा गर्नु परेको यात्रु बताउछन ।