जुम्ला ,१६ माघ । भुकम्प को डरले जुम्लामा मान्छेहरु सडक मा निस्कियका छन ।
सामाजिक संजालमा भुकम्प आउने भन्दै स्टाटस हालेको भाइरल भएपछि मान्छेहरु सडक मा निस्केर आगो तापेर बसेका छ्न ।
नेपालि सेनामा कार्यरत छोरिले फोन गरेर घरबाहिर निस्किनुहोस भनेपछी म अहिले आगो ताप्दै बसेको छु जुम्ला तातोपानीका एक्जना खड्का थर बताउने ले कणाली रैबारलाई बताए । म देउताको धामी राती २ बजे सम्म धम्याला बसेर भर्खर सुत्न लाको कल आयपछी तातापानी बाट दौडेर बजार आयं उन्ले सुनाए ।
बजार का मुख्य चोक मा आगो बाल्दै बसेकाहरु हल्लाको पछि लाग्दा बालबच्चाहरुको बिजोग भएको छ ।
हुम्लामा पनि मानिसहरु घर बाहिर आगो बालेर बसेको पाईएको छ। अदान्चुली गाउपालिका कि सुस्मिता फडेराले दियको जानकारी अनुसार भुइचालो जान्छ भन्ने हल्लाले डर को कारण घरबाहिर आगो बालेर चिसो खान परेको हो ।
कर्णाली रैवार संवाददाता । १६ माघ २०७९, सोमबार ०५:२२