हुम्ला,१५ माघ । जिल्ला अस्पताल हुम्लामा ६१ औँ नर्सिङ दिवस मनाइएको छ ।
आइतबार स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा ६१ औँ नर्सिङ दिवस मनाइएको हो ।
स्वास्थयकर्मीले गुणस्तरीय सेवा प्रवाह गर्दै आएको र नर्सिङ सेवालाई मर्यादित बनाउनका लागि थप मज्बुद गराउने उदेश्यका साथ यो दिवस मनाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका ल्याब टेक्निसियन भक्ती फडेराले बताए । फडेराले दिवसका क्रममा विरामीको उपचार र सेवामा अहोरात्र खटिने नर्सिङ स्टाफका विभिन्न खालका पेशागत समस्यालाई समाधान गर्न जिल्ला अस्पताल तत्पर रहेको बताए ।
अस्पतालले नर्सिङ विना कुनै पनि सेवा दिन नसक्ने भएको बताउदै चिकित्सा सेवा र नर्सिङ सेवाबीचमा नङ र मासुको जस्तै सम्बन्ध भएको जिल्ला अस्पताल हुम्लाका प्रमुख प्रेम सिंह ले बताए । राज्यका नीति निर्माण तहमा नर्सिङ स्टाफको अनिवार्य प्रतिनिधित्वको आवश्यकता औल्याउदै सबै सरकारी अस्पतालहरुमा नर्सिङ्ग स्टाफको दरबन्दी समयानूकुल थप गरिनु पर्ने सिंहले बताए ।
जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा, हाम्रो जिम्मेवार भन्ने मुल नाराका साथ, दिन रात नभनि, घिन नमानी मन्द मुस्कान लिएर, आफ्नो दुख लुकाई, निरन्तर सेवामा लाग्ने, सम्पुर्ण नर्सहरुलाई कणाली रैबरको तर्फबाट ६१ औँ नर्सिङ दिवसको शुभकामना ।
कर्णाली रैवार संवाददाता । १५ माघ २०७९, आईतवार १९:३४