गाडी बिग्रेपछी नेपाली सेनाले हिउँ पन्छाउदै सिमकोट विमानस्थल

हुम्ला– सिमकोट विमानस्थल खुलाउन हिउँ पन्छाउने काम हुदैछ ।
सदरमुकाम सिमकोटमा रहेको विमानस्थल मा ११ माघ मा परेको हिउँका कारण विमानस्थल  संचालन हुन सकेको छैन । उक्त विमानस्थल  संचालनका लागि हुम्लामा रहेको श्री बराहदल गुल्म का करिब ५० जना नेपाली सेना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लागायतले हिउँ पन्छाउने काम गरिरहेको गुल्म का गुल्मपति सेनानी दिनेश कुमार खड्काले बताउनुभयाे ।


विमानस्थलकाे  हिउँ पन्छाउने गाडी बिगि्रएको कारण सुरक्षाकर्मीको सहायताले हिउँ पन्छाउने कार्य भैरहेको हो । बिगतका बर्ष मा पनि हिउँ पन्छायर बिमान्स्थल संचालन गर्न नेपाली सेनाको अग्रसरता रहने गरेको छ ।